logo

सेयर बजारको पुँजीकरणमा १४.१ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकद्वारा जानकारी

    1265   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार  - सेयर बजार निरन्तर ओरालो लागीरहदा लगानीकर्ताहरुले एक वर्षमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् । आर्थिक वर्ष २०७४र७५ को पहिलो ६ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको पुसमसान्तसम्म १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको सेयर बजारको पुँजीकरण चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा भने १४.१ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सेयर बजारको पुँजीकरण घटेर चालु आर्थिक वर्षको ६ महिना अर्थात पुसमसान्तसम्म १४ खर्ब ३६ अर्ब ६७ करोड रुपैयाँमा आइपुगेको छ । पुँजीकरणमात्रै होइन नेप्से परिसूचकसमेतमा ठूलो गिरावट देखिएको छ । २०७४ पुस मसान्तमा १४३१.१ विन्दुरहेको नेप्से सूचकांकमा १७.७ प्रतिशतले ह्रास आई २०७५ पुस मसान्तमा १ हजार १ सय ७८.० विन्दु कायम रहेको राष्ट्र बैंकले जनाएको छ । अझ फागुनको २ गते अर्थात हिजो बिहीबारसम्म नेप्से परिसूचक झन तल झरेको छ । बिहीबार परिसूचक १ हजार १ सय १२ दशमलव ८७ अंकमा आइपुगेको छ ।

२०७५ असार मसान्तमा भने उक्त परिसूचक १ हजार २ सय १२ दशमलव ४ विन्दु रहेको थियो । सेयर बजार पूँजीकरण अघिल्लो वर्ष २०७४ पुस मसान्तमा ०.७ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकलाई हेर्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सेयर बजारको ४७.८ प्रतिशत हिस्सा देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।