logo

संघीय संसद्को चौथो अधिवेशन आजदेखि सुरु हुँदै

    1589   पटक पढिएको

१६ बैशाख /अर्थ र व्यापार  - सरकारको नीति तथा कार्यक्रम, प्रिबजेट छलफल तथा बजेट प्रस्तुत मुख्य कार्ययोजना सहित संघीय संसद्को चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ । अपराह्न ४ बजे संसदका दुबै सदनको बैठक बोलाइएको छ । संविधान कार्यान्वयन र संविधान अनुकूल कानुन निर्माण पनि अधिवेशनको प्राथमिकतामा रहनेछन् । चैत ११ गते तेस्रो अधिवेशन अन्त्य गरिएको थियो । योपटक तुलनात्मक रूपमा बजेट अधिवेशन केही चाँडै बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणअघि नै अधिवेशन आह्वान गरिएको थियो ।

अधिवेशन आह्वानसँगै सरकारले वैशाख २० मा नीति तथा कार्यक्रम पेस गर्ने तयारीबारे संसद्लाई जानकारी गराइसकेको छ । यो पटक नीति तथा कार्यक्रमपछि मात्र प्रिबजेट छलफल हुनेछ । संघीय संसद् सचिवालयले अधिवेशनका सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । सोमबारको बैठकमा दुबै सदनमा राष्ट्रपतिद्वारा अधिवेशन आह्वानका लागि पठाइएको पत्र वाचन गरिनेछ । यस्तै, सभामुख, उपसभामुख, अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने अध्यक्ष मण्डलको चयन गरिनेछ । हरेक अधिवेशनमा अध्यक्ष मण्डल चयन गर्ने परम्परा छ । अधिवेशन प्रारम्भसँगै राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सम्बोधनको समय भने यकिन भइसकेको छैन। दिउँसो १ बजे बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकले सम्बोधनबारे निर्णय लिनेछ ।

यस्तै, अधिवेशन चालु नरहेको अवधिमा निधन भएका पूर्व सांसदको शोक प्रस्ताव पनि कार्यसूचीमा रहेको छ । यसबीचमा चार पूर्व सांसदको निधन भएको छ । सदनले दिवाकर गोल्छा, रुद्रमणि शर्मा, रामकृष्ण ताम्राकार, र भिक्षु अश्वघोषको निधनको शोक प्रस्ताव पारित गर्नेछ । नीति तथा कार्यक्रम छलफलपछि वैशाख ३१ सम्म प्रिबजेट छलफल समेत सक्ने कार्यतालिका सचिवालयले तयार पारेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।