logo

खराब ठेकेदार कम्पनीबिरुद्ध सडक डिभिजन तुम्लिङगटार, सम्झौता रद्द गर्ने तयारी

    1978   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार– सडक डिभिजन तुम्लिङगटार, संखुवासभाले ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीसंगको सम्झौता रद्द गर्ने तयारी गरेको छ ।  

बुधबार सडक डिभिजन तुम्लिङगटार, संखुवासभाले चार ठेकेदार कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन निर्देशन दिएको छ ।

सडक डिभिजन तुम्लिङगटारका अनुसार कान्छाराम एण्ड जेभी, मुना कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रा. ली., पुष्पाञ्जली कन्स्ट्रक्सन, कुन्सालिङग कन्स्ट्रक्सन प्रा.ली. लाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन निर्देशन दिएको हो । 

सडक डिभिजन तुम्लिङगटारले बुधवार एक सुचना जारी गर्दै यि चार निर्माण कम्पनीहरु सडक डिभिजन कार्यालयको सम्पर्कमा नरहेको हुदा सार्वजनिक खरिद ऐन २०६३ संशोधित सहितको दफा ५९ (७) (८) अनुसार सम्झौता अन्त्य गरि क्षतिपूर्ति समेत असुल उपर गर्न र दफा ६३ अनुसार कालो सुचीमा राख्नुपर्ने कुनै कारण नभए सातदिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन निर्देशन दिइएको हो । 

उपस्थित नभएमा सोही दफा अनुसार कारबाही हुने व्यहोरा समेतको सूचना सडक डिभिजनले सार्वजनिक गरेको छ ।

कान्छाराम एण्ड जेभी, मैजुबहाल, काठमाडौंले कोशी राजमार्ग अन्तर्गतको वसन्तपुर-चैनपुर सडकको ठेक्का लिएर काम गरेको छैन ।

कुन्सालिङग कन्स्ट्रक्सन प्रा.ली. भोजपुरले मवादिन ननधाकी सडक (संखुवासभा) सडक अन्तर्गत यवरा खोलामा पुल निर्माणको जिम्मा लिएर काम गरेको छैन ।

यस्तै, मुना कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रा. ली. तनहुँले अरुण नदीको कात्तिकेघाटमा फेरी स्थापनाको जिम्मा लिएर काम गरेको छैन ।

त्यसैगरी, पुष्पाञ्जली कन्स्ट्रक्सन घट्टेकुलो काठमाडौंले पनि चैनपुरबाट जलजला (संखुवासभा) सडक अन्तर्गत हेवा खोला नदीमाथि पुल बनाउने जिम्मा लिएर काम नगरेको हो ।

यि चार कम्पनीहरुले योजना निर्माणको सम्झौता तथा शर्तहरु अनुसार प्रगति नगरेको र पटक पटक ताकेता गर्दा समेत काम पुन सुरु गरि समयमै सक्नेतर्फ कुनै चासो नदेखाएको सुचनामा उल्लेख छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।