logo

खराब ठेकेदार कम्पनीबिरुद्ध सडक डिभिजन तुम्लिङगटार, सम्झौता रद्द गर्ने तयारी

    1680   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार– सडक डिभिजन तुम्लिङगटार, संखुवासभाले ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीसंगको सम्झौता रद्द गर्ने तयारी गरेको छ ।  

बुधबार सडक डिभिजन तुम्लिङगटार, संखुवासभाले चार ठेकेदार कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन निर्देशन दिएको छ ।

सडक डिभिजन तुम्लिङगटारका अनुसार कान्छाराम एण्ड जेभी, मुना कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रा. ली., पुष्पाञ्जली कन्स्ट्रक्सन, कुन्सालिङग कन्स्ट्रक्सन प्रा.ली. लाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन निर्देशन दिएको हो । 

सडक डिभिजन तुम्लिङगटारले बुधवार एक सुचना जारी गर्दै यि चार निर्माण कम्पनीहरु सडक डिभिजन कार्यालयको सम्पर्कमा नरहेको हुदा सार्वजनिक खरिद ऐन २०६३ संशोधित सहितको दफा ५९ (७) (८) अनुसार सम्झौता अन्त्य गरि क्षतिपूर्ति समेत असुल उपर गर्न र दफा ६३ अनुसार कालो सुचीमा राख्नुपर्ने कुनै कारण नभए सातदिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन निर्देशन दिइएको हो । 

उपस्थित नभएमा सोही दफा अनुसार कारबाही हुने व्यहोरा समेतको सूचना सडक डिभिजनले सार्वजनिक गरेको छ ।

कान्छाराम एण्ड जेभी, मैजुबहाल, काठमाडौंले कोशी राजमार्ग अन्तर्गतको वसन्तपुर-चैनपुर सडकको ठेक्का लिएर काम गरेको छैन ।

कुन्सालिङग कन्स्ट्रक्सन प्रा.ली. भोजपुरले मवादिन ननधाकी सडक (संखुवासभा) सडक अन्तर्गत यवरा खोलामा पुल निर्माणको जिम्मा लिएर काम गरेको छैन ।

यस्तै, मुना कन्स्ट्रक्सन एण्ड विल्डर्स प्रा. ली. तनहुँले अरुण नदीको कात्तिकेघाटमा फेरी स्थापनाको जिम्मा लिएर काम गरेको छैन ।

त्यसैगरी, पुष्पाञ्जली कन्स्ट्रक्सन घट्टेकुलो काठमाडौंले पनि चैनपुरबाट जलजला (संखुवासभा) सडक अन्तर्गत हेवा खोला नदीमाथि पुल बनाउने जिम्मा लिएर काम नगरेको हो ।

यि चार कम्पनीहरुले योजना निर्माणको सम्झौता तथा शर्तहरु अनुसार प्रगति नगरेको र पटक पटक ताकेता गर्दा समेत काम पुन सुरु गरि समयमै सक्नेतर्फ कुनै चासो नदेखाएको सुचनामा उल्लेख छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।