logo

रिभरफन बिच रिसोर्टमा स्तरोन्नती, २० डिलक्स रुमसहित सभाहल थपियो

    1853   पटक पढिएको

७ माघ / अर्थ र व्यापार- त्रिशुली नदिको किनारमा अवस्थित कुरीनटारस्थित रिभरफन बिच रिसोर्टलाई स्तरोन्नती गरिनुका साथै पर्यटकहरुको सुविधालाई लक्षित गरि थप सुविधा सम्पन्न बनाईएको छ । रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले रिसोर्टमा बीस वटा डिलक्स रुम, नौ वटा सफारी टेन्टका साथै सेमिनार हल समेत थप गरिएको वताए ।


काठमाडौबाट ९९ किलोमिटर टाढा र मनकामना केबल कार बाट ५ किलोमिटर नजिक रहेको रिभरफन विच रिसोर्ट स्तरोन्नतीपश्चात त्यस क्षेत्रकै उत्कृष्ठ रिसोर्ट बनेको रिसोर्टका अर्का सञ्चालक राजन सिम्खडाले वताए । त्यसवाहेक रिसोर्टमा स्विमिङ पुल, खेलकुदको सुविधा, डिजेको मनोरञ्जनात्मक कार्यक्रमहरु समेत उपलब्ध गराईने सिम्खडाले वताए ।


रिसोर्टमा विदेशीका साथै नेपाली पर्यटकहशरुको पनि ठूलो आकर्षण देखिएको छ । “पर्यटकहरुले अत्याधिक मन पराएपछि त्यसलाई स्तरोन्नतीका साथै अन्य सुविधाहरु थप गर्न आवश्यक देखेर रिसोर्टको स्तरोन्नती गरिएको हो”–रिसोर्टका सञ्चालक सिम्खडाले भने ।


हाल काठमाडौं,पोखरा,चितवन,वुटवल लगायतका ठाउँहरु वाट स्वदेशी पर्यटकहरु तथा भारतीय र अन्य देशका पर्यटकहरु समेत रिभरफनमा आउने गरेको सिम्खडाले वताए । नेचर रिट्रिट,पारिवारिक भेटघाट,साथिभाईको पिकनिक तथा ¥याफ्टीङका लागी आउने पर्यटकहरुले रिभरफनलाई अत्याधिक मन पराएको आँफुले अनुभव गरेको सिम्खडाले वताए ।
रिभरफन बिच रिसोर्टले सन २०१७ मा अल्ट्रा अवार्ड प्राप्त गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।