logo

पर्यटक उद्धार सम्बन्धि कार्यदलले प्रतिवेदन बुझायो

४ अस्पताल र ८ ट्राभल,ट्रेकिङ र रेस्क्युलाई कार्वाही सिफारिस

    2771   पटक पढिएको

१४ श्रावण / अर्थ र व्यापार- नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै ठगी गर्ने कम्पनीहरु माथि छानविन गर्न गठित कार्यदलले सोमवार आफ्नो प्रतिवेदन संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री समक्ष बुझाएको छ । 


यसअघि सरकारले नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै यस सम्बन्धमा अनुसन्धान,छानविन र आवश्यक कारवाहीको सिफारिस गर्न गत जेष्ठ २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ५ सदस्यीय एक कार्यदल गठन गरेको थियो । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा पर्यटन विभागका महानिर्देशक, डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक सुभाष झा र मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल तथा आन्तरिक राजश्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल सदस्य रहेका थिए ।


कार्यदलले तत्कालिन सुधारको प्रथम विकल्प,तत्कालिन सुधारको द्धितीय विकल्प,दिर्घकालिन सुधारको लागी सुझावका साथै  विगतमा उद्धारमा देखिएका विसंगति उपर कारवाही सफारिस समेत गरको छ । कार्यदलले संगठित अपराध तथा ठगीको कसुरमा अनुसन्धान गर आवश्यक कारवाही अघि बढाउन गृह मन्त्रालयलाई अनुरोध गरको छ । त्यस्तै विदेशी मुद्राको कारोवार गर्ने अनुमति नलिई अमेरिकी डलरमा उद्धार भाडाको दावी गरेका ५ वटा कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकवाट आवश्यक छानविन गरि कारवाहि अगाडी बढाउन सुझाव दिएको छ । 


त्यसैगरि कार्यदलले ४ वटा अस्पतालहरुलाई कारवाहिको सिफारिस गरेको छ । त्यस्तै कार्यदलले आठ वटा ट्राभल÷ट्रेकिङ,रेस्क्यु,चार अस्पताल तथा तीन हेलिकप्टर कम्पनीहरुको कारोवार समेतको छानविन गर राजश्व चुहावट ऐन अन्र्तगत उचित कारवाही अगाडी वढाउन सुझाव दिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।