logo

पर्यटक उद्धार सम्बन्धि कार्यदलले प्रतिवेदन बुझायो

४ अस्पताल र ८ ट्राभल,ट्रेकिङ र रेस्क्युलाई कार्वाही सिफारिस

    3063   पटक पढिएको

१४ श्रावण / अर्थ र व्यापार- नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै ठगी गर्ने कम्पनीहरु माथि छानविन गर्न गठित कार्यदलले सोमवार आफ्नो प्रतिवेदन संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री समक्ष बुझाएको छ । 


यसअघि सरकारले नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै यस सम्बन्धमा अनुसन्धान,छानविन र आवश्यक कारवाहीको सिफारिस गर्न गत जेष्ठ २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ५ सदस्यीय एक कार्यदल गठन गरेको थियो । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा पर्यटन विभागका महानिर्देशक, डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक सुभाष झा र मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल तथा आन्तरिक राजश्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल सदस्य रहेका थिए ।


कार्यदलले तत्कालिन सुधारको प्रथम विकल्प,तत्कालिन सुधारको द्धितीय विकल्प,दिर्घकालिन सुधारको लागी सुझावका साथै  विगतमा उद्धारमा देखिएका विसंगति उपर कारवाही सफारिस समेत गरको छ । कार्यदलले संगठित अपराध तथा ठगीको कसुरमा अनुसन्धान गर आवश्यक कारवाही अघि बढाउन गृह मन्त्रालयलाई अनुरोध गरको छ । त्यस्तै विदेशी मुद्राको कारोवार गर्ने अनुमति नलिई अमेरिकी डलरमा उद्धार भाडाको दावी गरेका ५ वटा कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकवाट आवश्यक छानविन गरि कारवाहि अगाडी बढाउन सुझाव दिएको छ । 


त्यसैगरि कार्यदलले ४ वटा अस्पतालहरुलाई कारवाहिको सिफारिस गरेको छ । त्यस्तै कार्यदलले आठ वटा ट्राभल÷ट्रेकिङ,रेस्क्यु,चार अस्पताल तथा तीन हेलिकप्टर कम्पनीहरुको कारोवार समेतको छानविन गर राजश्व चुहावट ऐन अन्र्तगत उचित कारवाही अगाडी वढाउन सुझाव दिएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।