logo

पर्यटक उद्धार सम्बन्धि छानबिन कार्यदलको म्याद थप हुने

    1518   पटक पढिएको

१४ आषाढ / अर्थ र व्यापार- नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै यस सम्बन्धमा अनुसन्धान,छानविन र आवश्यक कारवाहीको सिफारिस गर्न गठन गरिएको कार्यदलको म्याद थप हुने भएको छ । यसअघि कार्यदललाई भोलि आषाढ १५ भित्र आवश्यक अनुसन्धान, छानविन गरी सत्यतथ्य पत्ता लगाई समस्या निराकरणको लागी उपाय,विधि र कारवाहीको समेत सिफारिस गर्न निर्देशन दिईएकोमा यस सम्बन्धमा विस्तृत अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएकोले कार्यदलको म्याद थप गरिन लागिएको पर्यटन मन्त्रालय स्रोतले वताएको छ । 

यस सम्बन्धमा अझ विस्तृत अनुसन्धान आवश्यक रहेकोले कार्यदलको म्याद थप हुने कार्यदलका संयोजक तथा संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले अर्थ र व्यापारलाई वताए ।“ सवै अध्ययन,अनुसन्धान र काम सक्न आवश्यक पन्ध्र दिन वा एक महिनाको समय थप गर्नेवारे कुराकानी भएको छ”–उपाध्यायले भने । पर्यटन सचिव विदेशमा रहेकोले उनी फर्किनासाथ कार्यदलको समय थप गरिने मन्त्रालयले जनाएको छ ।

पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै यस सम्बन्धमा अनुसन्धान,छानविन र आवश्यक कारवाहीको सिफारिस गर्न गत जेष्ठ २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ६ सदस्यीय एक कार्यदल गठन गरेको थियो । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा पर्यटन विभागका महानिर्देशक, डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक सुभाष झा, मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल र आन्तरिक राजश्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल रहेका छन । 

मन्त्रालयले पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्या तथा अन्य विपतको उद्धारको नाममा ट्रेकिङ,ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक संस्था र अस्पताल समेतको मिलेमतोमा फर्जी विवरण तयार गरी बीमा रकम दाबी गर्ने र ठगी गर्नेहरु माथि अनुसन्धान गरिरहेको छ ।

अर्थ र व्यापारलाई प्राप्त जानकारी अनुसार कार्यदलले विदेशी बीमा कम्पनीहरुसंग उद्धारका बखत तिरेको शुल्क सम्बन्धि सम्पूर्ण जानकारी लिईसकेको छ । त्यस्तै नेपाल नागरिक उड्ड्यन प्राधिकरण मार्फत नेपालका सम्पूण हेलिकोप्र्टस कम्पनीहरुको उडान विवरण पनि प्राप्त भईसकेको छ । त्यस्तै उजुरी परेको हस्पिटलहरु वाट पनि आवश्यक सम्पूर्ण कागजात कार्यदलले प्राप्त गरिसकेको छ । त्यसवाहेक उजुरी परेका अन्य ट्रेकिङ कम्पनी,रेस्क्यु कम्पनी,ट्राभल कम्पनीको पनि अनुसन्धान भईरहेको छ । 

कार्यदलले उजुरी परेका कम्पनीहरुको बैंक खाता,वार्षिक रुपमा तिरेको कर,टिम्स कार्ड संख्या,राष्ट्रिय निकुञ्जको पर्मिट,विदेशी विमा कम्पनीहरु वाट प्राप्त जानकारी, हस्पिटलहरु वाट प्राप्त विवरण,हेलिकोप्टर्स कम्पनीहरु वाट प्राप्त उडान विवरण समेतलाई आधार मानेर अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ ।

यसैविच नेपालमा पदयात्रामा पर्यटकको उद्धारका नाममा ठगी भईरहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचारहरु आउन थालेका छन ।“यसरी नेपालको वारेमा विश्वभर नकारात्मक प्रचार हुन थालेको छ,दोषिलाई छिटोभन्दा छिटो कारवाही गरियोस र विश्ववजारमा गएको नकारात्मक सन्देश हटाउन कार्यदलले छिटोभन्दा छिटो दोषिलाई कारवाही गर्नुपर्छ र विश्वभर नेपालको सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ”–ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल टानका एक पूर्वअध्यक्षले वताए । तर कार्यदलका सदस्यहरु भने यस विषयमा गम्भिर अनुसन्धान आवश्यक रहेको र दोषिहरु कोहिपनि नउम्किउन र निर्दोषहरु कोहि पनि नपरुन भन्नका लागी विस्तृत अध्ययनका लागी केहि समय आवश्यक पर्ने वताउँछन । 
  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।