logo

भूकम्प प्रभावित सबै स्थानीय तहमा फेरि प्राविधिक पठाउने पुनर्निर्माण प्राधिकरणको तयारी

    1227   पटक पढिएको

५ चैत्र /अर्थ र व्यापार - भूकम्पले घर भत्किएर पनि लाभग्राहीको सूचीमा नपरेका भूकम्प प्रभावित पहिचान गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित सबै स्थानीय तहमा फेरि प्राविधिक पठाउने तयारी गरेको छ । भूकम्प प्रभावित जिल्लाका बासिन्दालाई अनुदान रकम पाउने लाभग्राहीको सूचीमा सूचीकृत हुन अन्तिम मौका दिने गरी प्राधिकरणले चैत १५ देखि प्राविधिकलाई गाउँ पठाउन लागेको हो । २०७२ वैशाख १२ मा गोरखा बारपाक केन्द्र रहेर गएको भूकम्पले घर क्षति पुगे पनि लाभग्राही सूचीमा नपरेर भूकम्प प्रभावितले सरकारी अनुदान पाएका थिएनन् ।

यसअघि पनि प्राधिकरणले तथ्यांक संकलनका क्रममा छुटेका भूकम्प प्रभावितलाई गुनासो दर्ता गराउन आग्रह गरेको थियो। गुनासो दर्ताका क्रममा पनि छुटेका भूकम्प प्रभावित, सर्वेक्षणबाट थप यकिन गर्नुपर्ने भनि तोकिएका गुनासोकर्ता, लगत संकलन नै नभएका गुनासोकर्ता र स्थानीय तहमा तोकिएको समयभित्र दर्ता गरेका नयाँ गुनासोकर्तालाई प्राधिकरणले अन्तिम पटक छुट तथा गुनासो पुनः जाँच गर्न प्राविधिकहरू खटाउन लागेको हो ।

खटिएका प्राविधिकलाई आफ्नो लगत संकलन गराउन प्राधिकरणले सूचना निकालेर जानकारी गराएको छ । साथै प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधिलाई वास्तविक भूकम्प प्रभावितको लगत संकलन गर्ने कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ । भूकम्प गएको तीन वर्ष भइसक्दा पनि निजी आवास पुनर्निर्माण कार्य सकिएको छैन । सरकारले प्रति घर निर्माणलाई ३ लाख रुपैयाँ अनुदान दिने गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।