logo

अख्तियारद्वारा राजश्वका पूर्व अधिकृत रामजी रिजालविरुद्ध मुद्दा दायर 

    2817   पटक पढिएको

७ फागुन /अर्थ र व्यापार - राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अख्तियारले अवकाशको करिब एक वर्षपछि अकुत सम्पत्तिमा मुद्दा चलाएको छ । पदमा रहँदा गैरकानुनी रूपमा करिब तीन करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

३४ वर्षको सरकारी सेवाबाट रिजालले ०७४ वैशाखमा अवकाश पाएका थिए । अख्तियारले छानबिनका लागि लिइएको जाँच अवधिमा रिजालको पारिश्रमिक आय¸ जग्गा विक्री, श्रीमती स्वस्थानी रिजालको नाममा सञ्चालित सञ्जीवनी आर्युवेदिक डिस्ट्रिव्युटर्स र पिगासस् ट्राभल्स् एण्ड टुर्सको आय, अवकाशपछिको सुविधा समेत गरी एक करोड ९६ लाख ८६ हजार ५०९ रुपियाँ आय कायम गरेको छ ।

सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, पिगासस् ट्राभल्स् एण्ड टुर्स प्रालिको लगानी विभिन्न बैङ्क तथा वित्तीय संस्थाको सेयर खरिद, बैङ्क मौज्दात समेत गरी चार करोड ९४ लाख २४ हजार ८१९ रुपैयाँ खर्च तथा लगानी रहेको अख्तियारको ठहर छ । रिजालले खर्च र आयबीचको अन्तर कायम भएको दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँलाई अख्तियारले स्रोत खुल्न नसकेको सम्पत्तिमा गणना गरेको छ । अख्तियारले स्रोत खुल्न नसकेको दुई करोड ९७ लाख ३८ हजार ३१० रुपैयाँलाई बिगो कायम गरेको छ । बिगो अनुसारको जरिवाना पनि अख्तियारले दाबी गरेको छ । अवैध सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा श्रीमती स्वस्थानीलाई पनि मतियारका रूपमा प्रतिवादी कायम गरिएको छ । गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट बढे बढाएको रकम जफतको माग पनि आयोगले गरेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।