logo

वातावरण संरक्षणमा लाग्न राष्ट्रपति भण्डारीको आग्रह

    2230   पटक पढिएको

२२ जेठ / अर्थ र  व्यापार-वतावरण दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ तथा हराभरा वातावरण र जीवनको आधार वन क्षेत्रलाई संरक्षण गर्दै उज्जवल भविष्य सुनिश्चित गर्न मन, वचन र कर्मले लाग्न आग्रह गरेकिछन् ।

साथै जनसङ्ख्या तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति र वन क्षेत्रको संरक्षण एवम् संवर्दन गर्दै सुन्दर भविष्य सुनिश्चित गर्न सबैमा अपिल पनि गरिन् ।

वातावरण दिवस मनाउनु एउटा औपचारिक विषय मात्र नभएको भन्दै प्रकृतिलाई सिँगार्दै नेपालमा सिङ्गो, सामाजिक, आर्थिक, विकास गर्ने लक्ष्यप्रति दृढ सङ्कल्प गरी त्यसलाई महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिइन । उनले प्रकृति तथा मानव बीचको सम्बन्ध अभिन्न अङ्ग रहनाले स्थानीय समुदायले जल, जङ्गल र जमिनको संरक्षण गरी वातावण संरक्षणमा र्पुयाएको उल्लेख्य योगदानको कदर गरिन् ।

नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र समुदाय विकास साझेदारलगायत आम नागरिक सचेत र प्रतिबद्ध रहनुपर्ने छ ।

भौगोलिक तथा सामाजिक महत्व बोकेको चुरे क्षेत्रको प्राकृतिक वातावरण यथावत् राखिरहन सञ्चालित ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, संरक्षित क्षेत्र, जलाधार संरक्षण आयोजनाजस्ता कार्यले विश्व वातावरण सन्तुलन कायम राख्न मद्दत र्पुयाइरहेको छ ।

मन्त्रालयले यस वर्षको ‘वातारण संरक्षण पुरस्कार’ महिला बालबालिका तथा वातावरण सुधार केन्द्र मकवानपुरलाई प्रदान गरेको छ । सोही पुरस्कार वातावरण अभियन्ता कैलालीका लालबहादुर रावललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख ५० हजार रहेको छ । त्यसैगरी, वातारण संरक्षण महिला पुरस्कार इन्दिरा पराजुली (कास्की) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

वातारणमैत्री उद्योग पुरस्कार युनिलिभर नेपाल (संस्था), वातारण पत्रकार पुरस्कार लक्ष्मीप्रसाद उपाध्यक्ष र जलवायु परिवर्तन व्यवस्थापन पुरस्कार अभिषेक श्रेष्ठ (मोरङ)लाई प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमशः रु २५ हजार, ५० हजार र २५ हजार रहेको छ ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले वातावरण संरक्षणका लागि मोटरसाइकलमा दक्षिण एसियाली मुलुक यात्रा गर्न लाग्नुभएका युवालाई नेपालको झन्डा प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।