logo

टानको प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटाले उम्मेदवारी दिने, व्यवसाय र व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता

    2813   पटक पढिएको

९ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अनुभवि पर्यटन व्यवसायी तथा नेपाल गाईड ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक प्रकाशचन्द्र देवकोटाले प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । विगत २४ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल देवकोटा होटल व्यवसायमा पनि आवद्ध छन ।

“आजका दिनसम्म कुनै पनि संघ–संस्थामा जाने रहर गरिएन, ईच्छुक साथीहरुलाई सहयोग गरियो तर यसपटक धेरै साथीहरुले पनि टानमा जान दिनुभएको सुझाव र यो क्षेत्रमा दुई दशकभन्दा वढि समय विताउँदा प्राप्त अनुभवलाई टान र नेपालको पदयात्रा पर्यटन क्षेत्रको विकासमा लगाउन सकिन्छ भनेर जान चाहेको हुँ”–प्रथम उपाध्यक्ष पदका आकांक्षी देवकोटाले अर्थ र व्यापारसंग भने । टानका विगतका नेतृत्वले गरेका राम्रा कामलाई निरन्तरता दिन र गर्न नसकेका कामहरु आगामी नेतृत्वले पुरा गर्नुपर्ने उनको धारणा छ । टान नेतृत्वमा जो गएपनि व्यवसाय र व्यवसायीको हितमा काम गर्नुपर्ने मान्यता उनी राख्छन ।

आजको सन्दर्भमा व्यवसायी र मजदुरको विचमा देखिएका समस्या समाधान गर्ने, टिम्सको कोषलाई सहि र प्रभावकारी ढंगले खर्च गर्ने वातावरण निर्माण गर्ने, व्यवसायीका पिरमर्कामा टान सहयोगी बन्न सक्ने वातावरण निर्माण गर्नु नै आफ्ना एजेण्डाहरु भएको उनले वताए । “टानमा गएर सामुहिक ढंगले नेपालको पदयात्रा पर्यटन क्षेत्रका समस्याहरुको समाधान,यो क्षेत्रको विकास,नितिगत समस्याको समाधानमा आँफु र टान नेतृत्वलाई केन्द्रित गराउनेछु”–देवकोटाले भने ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।