logo

गरिबीको सङ्ख्या शून्यमा झार्ने : मन्त्री अर्याल

    1041   पटक पढिएको

 ९ मंसिर / अर्थ र व्यापार -  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डले आज यहाँ आयोजना गरेको ‘एशिया प्रशान्त क्षेत्रमा रहेका सहकारी संस्थाको ११आँै वार्षिक भेला’ का अवसरमा मन्त्री अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक तुल्याउन सहकारी क्षेत्रलाई थप व्यावसायिक बनाउँदै लैजाने बताउनुभयो ।

उहाँले नेपालीको प्रतिव्यक्ति आय १२ हजार १०० अमेरिकी डलरमा पुयाउन सहकारी, सरकारी एवं निजी क्षेत्रको समान लगानी सहयोग र सहकार्य आवश्यक रहेको चर्चा गर्नुभयो । सहकारी क्षेत्रले १५औँ योजना अवधिमा कूल लगानीको पाँच दशमलव चार प्रतिशत लगानी गरेर वार्षिक १७ हजार रोेजगारी सिर्जना गर्ने योजना बनाएको छ ।

दुई दिनसम्म आयोजना हुने उक्त भेलाले औपचारिक शिक्षाभित्र सहकारीले के कस्ता विषयलाई र कसरी समावेश गर्ने भन्ने विषयमा छलफल हुने बोर्डका उपनिर्देशक मुकेश कर्णले जानकारी दिनुभयो । देश विकास, समृद्धि एवं समाजिक न्याय निर्माणका लागि नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीनमध्ये एक खम्बाका रूपमा लिएको छ । मुलुकमा झण्डै ३५ हजार सहकारी संस्था छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।