logo

बैशाख १ गतेदेखि ५ लाख रुपैयाँ भन्दा माथिको कारोबारमा प्यान अनिवार्य 

    1469   पटक पढिएको

३० फागुन /अर्थ र व्यापार - दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले एक पटकमा न्युनतम ५ लाख रुपैयाँ भन्दा माथिको कारोबार गर्नका लागि स्थायी लेखा नम्बर अनिवार्य लिनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ५ लाख रुपैयाँ भन्दा तल कारोबार गर्ने लगानीकर्तालाई भने स्वेच्छिक छाडिदिएको छ ।

नेपाल धितोपत्र बोर्डले यस अघि अर्थमन्त्रालयको निर्देशनमा दोस्रो बजारमा कारोबार गर्ने सम्पुर्ण लगानीकर्ताहरुका लागि अनिवार्य स्थायी लेखा नम्बर लिन निर्देशन दिएको थियो । बोर्डको निर्देशनसँगै लगानीकर्ताले चर्को विरोध गरेपछि नेपाल धितोपत्र बोर्डले ५ लाख रुपैयाँको सिलिङ तोकेर लगानीकर्ताको विरोधलाई मत्तथर पार्न खोजेको छ ।

बुधबार राजस्व सचिव लाल शंकर घिमिरेले तीनवटा लगानीकर्ता संघका प्रतिनिधिहरुलाई बोलाएर प्यानको कार्यान्वयका सम्बन्धमा छलफल गरेका थिए । छलफलमा लगानीकर्ताले तत्काल प्यानलाई कार्यान्वयन नगर्न अनुरोध गरेका थिए । तर बजेटमै भएको व्यवस्था भन्दै मन्त्रालयले अडान लिए पछि लगानीकर्ताले नै न्युनतम सिलिङ तोकेर मात्रै प्यानको कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

लगानीकर्ताले आगामी बैशाख १ गतेदेखि ५ लाख रुपैयाँ भन्दा माथिको कारोबार गर्दा स्थायी लेखा नम्बर अनिवार्य आवश्यक पर्ने बोर्डले जनाएको छ ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।