logo

बैशाख १ गतेदेखि ५ लाख रुपैयाँ भन्दा माथिको कारोबारमा प्यान अनिवार्य 

    1929   पटक पढिएको

३० फागुन /अर्थ र व्यापार - दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताले एक पटकमा न्युनतम ५ लाख रुपैयाँ भन्दा माथिको कारोबार गर्नका लागि स्थायी लेखा नम्बर अनिवार्य लिनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले ५ लाख रुपैयाँ भन्दा तल कारोबार गर्ने लगानीकर्तालाई भने स्वेच्छिक छाडिदिएको छ ।

नेपाल धितोपत्र बोर्डले यस अघि अर्थमन्त्रालयको निर्देशनमा दोस्रो बजारमा कारोबार गर्ने सम्पुर्ण लगानीकर्ताहरुका लागि अनिवार्य स्थायी लेखा नम्बर लिन निर्देशन दिएको थियो । बोर्डको निर्देशनसँगै लगानीकर्ताले चर्को विरोध गरेपछि नेपाल धितोपत्र बोर्डले ५ लाख रुपैयाँको सिलिङ तोकेर लगानीकर्ताको विरोधलाई मत्तथर पार्न खोजेको छ ।

बुधबार राजस्व सचिव लाल शंकर घिमिरेले तीनवटा लगानीकर्ता संघका प्रतिनिधिहरुलाई बोलाएर प्यानको कार्यान्वयका सम्बन्धमा छलफल गरेका थिए । छलफलमा लगानीकर्ताले तत्काल प्यानलाई कार्यान्वयन नगर्न अनुरोध गरेका थिए । तर बजेटमै भएको व्यवस्था भन्दै मन्त्रालयले अडान लिए पछि लगानीकर्ताले नै न्युनतम सिलिङ तोकेर मात्रै प्यानको कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

लगानीकर्ताले आगामी बैशाख १ गतेदेखि ५ लाख रुपैयाँ भन्दा माथिको कारोबार गर्दा स्थायी लेखा नम्बर अनिवार्य आवश्यक पर्ने बोर्डले जनाएको छ ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।