logo

पाँचथर पावरको १७ लाख ५० हजार २५० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन

    1360   पटक पढिएको

१३ फागुन/ अर्थ र व्यापार - पाँचथर पावर कम्पनीको १७ करोड ५० लाख २५ हजार रूपैयाँ बराबरको आईपिओ सर्वसाधारणको लागि फागुन १३ गते सोमबारदेखि निष्काशन गरेको छ । कम्पनीले स्थानीयले नकिनेको शेयर समेत १७ लाख ५० हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

निष्काशित आईपिओमध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयरका लागि सर्वसाधारणहरूले आवेदन गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली मार्फत आवदेन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको शेयरमा छिटोमा फागुन १६ गते आवेदन गर्न सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरे चैत १२ गते सम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयरमा न्यूनतम १० कित्ता अर्थात प्रतिकित्ता १०० रुपैयाँका दरले एक हजार रूपैयाँदेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि ९ लाख ६२ हजार रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

कम्पनीको आईपिओलाई केयर रेटिङ्गस नेपालले केयर ‘एनपि आईपिओ ग्रेड ४’ दिएको छ । यसले कम्पनीको वित्तीय विवरण औषत भन्दा कमजोर रहेको जनाउँछ । कम्पनीले गत पुस ३० देखि माघ २९ गतेसम्म कूल ९ लाख ६२ हजार ५०० कित्ता स्थानीयका लागि निष्काशन गरेकोमा ८१.८४ प्रतिशत अर्थात ७ लाख ८७ हजार ७५० कित्ता शेयर अवितरित भएको थियो। सो शेयर समेत थपेर कम्पनीले अहिले सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको ‘हेवाखोला ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले यस आयोजनाबाट २०७३ माघ २२ गते देखि नै विद्युत उत्पादन गरिरहेको छ ।आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसको साधारण लगानी फिर्ता हुन ८।९४ वर्ष लाग्ने कम्पनीले जनाएको छ । आगामी १२ वर्षको औसत इक्विटी प्रतिफल १०.३३५ रहने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ २९ पैसा, आगामी आर्थिक वर्षमा १६ रुपैयाँ ५८ पैसा र आर्थिक वर्ष २०७७।७८ मा १९ रुपैयाँ ३८ पैसा पुग्ने प्रक्षेपण छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।