logo

अर्डर नाउको अफिसियल लञ्च सम्पन्न, उपभोक्ताले सस्तोमा गुणस्तरीय सामान खरिद गर्न सक्ने

    2685   पटक पढिएको

१९ पौष÷अर्थ र व्यापार
विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड १९ ले सृजना गरेको बन्दाबन्दीको विषम परिस्थितिमा व्यालेन्स ग्रुप अफ कम्पनीज प्रा. लि. ले ग्राहकलाई दैनिक आवश्यक पर्ने गुणस्तरीय उपभोग्य सामग्रीहरु उचित मुल्यमा उपलब्ध गराउने उद्देश्यले सबभन्दा सस्तो ई कमर्स प्ल्याटफर्म स्थापना गरेको छ ।

बन्दाबन्दिको पीडा र तमाम उपभोक्ताले भोग्नु परेको समस्यालाई न्यूनीकरण गर्न संचालन गरिएको इकमर्स “अर्डर नाउ” को अफिसियल लञ्च भएको हो । कम्पनीले घर–घरमै ग्राहकको माग बमोजिम डेलिभरी सेवा उपलब्ध गराउनेछ । 
हाल अर्डर अनलाईन मार्केट प्रा. लि. द्वारा संचालित इकमर्स “अर्डर नाउ” उपभोक्ता तथा व्यापारी (बिक्रेता) लाई अर्डर नाउ ले विविध सामग्री अनलाइन खरिद तथा बिक्री गर्ने साझा प्ल्याटफर्म तयार गरेको छ । सामान्यतया दैनिक जीवनशैलीमा आवश्यक पर्ने सम्पुर्ण सामग्रीहरु उक्त प्ल्याटफर्म मार्फत अनलाईन खरिद बिक्री गर्न सकिनेछ, जसमा ग्राहकले सस्तोमा गुणस्तरीय सामान खरिद गर्न पाउनेछन तथा बिक्रेताले आफ्नो उचित मूल्य पाउनेछन ।

बिक्रेताको रुपमा विविध सामाग्री सँग सम्बन्धित उद्योगी, कृषक, उत्पादक, डिष्ट्रिब्युटर, होलसेल तथा खुद्रा व्यापारी, आयातकर्ता, डिलर आदिले सदस्यता लिइ बिना भेदभाव आफ्नो व्यवसाय दर्ता गर्न पाउनेछन् र अनलाइन बजार मार्फत व्यवसाय वृद्धि गर्न पाउनेछन् ।

कम्पनीले नेपाली उत्पादनलाई प्रोत्साहनस्वरुप तथा जोखिम न्यूनीकरण गर्न स्थानीय स्तरमा उत्पादित कृषिजन्य सामाग्री तथा अन्य विविध वस्तुहरु सिधै उपभोक्ताको घरदैलोमा पु¥याउनेछ । साथै नेपालमा उत्पादित विविध उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउने योजना कम्पनीको छ ।

कम्पनीको नेपालमा अनलाइन सपिङ तथा इकमर्स व्यवसायलाई फरक तवरले संचालन गर्न अर्डरनाउ डट कम मार्फत सेवा बिस्तार गर्दै नेपालकै उत्कृष्ट इकमर्स प्ल्याटफर्म तयार गर्ने लक्ष्य राखेको छ । कम्पनीको मुख्य उद्देश्य रोजगारी र अवसरको सृजना गर्दै स्थानिय उत्पादनहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको बजारीकरणमा भुमिका खेल्नु हो । अर्डर नाउ व्यापारी, व्यवसायी, कृषक, घरेलु तथा स्थानिय उद्योग, विविध सेवा प्रदानकर्ता आदिलाई उपयोगी प्ल्याटफर्म बन्नेछ कम्पनीको विश्वास छ ।

राष्ट्रिय स्तरमा सेवा प्रदान गर्ने अर्डर नाउले सिमित स्थानमा निशुल्क डेलिभरी, द्रुत डेलिभरी तथा सेवा प्रदायकको सेवा र प्रयोग भएका सामान खरिद बिक्री गर्ने जस्ता सेवा समेत प्रदान गर्नेछ । बन्दाबन्दिको समयमा दैनिक आवश्यक खाद्य बस्तु डेलिभरीबाट सुरुवात भएको इकमर्स हाल दैनिक खाद्य सामाग्री, कस्मेटिक सामाग्री, इलेक्ट्रोनिक सामाग्री, केक, आदि सामाग्री अनलाइन बिक्री गर्दै करिब एक सय व्यवसायले प्ल्याटफर्म प्रयोग गर्दै छन । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।