logo

नेप्सेमा दोहोरो अंकको गिरावट

    1172   पटक पढिएको

८ फागुन /अर्थ र व्यापार - बुधबार नेप्से १२.७२ अंकले घटेरर १११२.२३ बिन्दुमा झरेको छ । यस दिन १६२ कम्पनीहरुका ५ लाख ८१ हजार १३८ कित्ता शेयर खरिद बिक्री भए भने १६ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भयो । यो मंगलबारको तुलनामा करिब ६ करोड रुपैयाँले कम हो । मंगलबार २१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएका १० समुह मध्ये उत्पादन तथा प्रशोधन समुहको सूचक मात्रै बढेको छ । उत्पादन तथा प्रशोधनको ८.६९ अंकले बढेको छ । बाँकी ९ वटै समुहको सुचक ओलारो लागेका छन् । सबै भन्दा धेरै जीवन बीमा समुहको सूचक १६७.८३ अंकले घटेको छ । त्यस पछि निर्जीवन बीमा कम्पनीको १०५.५४ अंकले सकारात्मक भएको छ । यस्तै हाइड्रोपावर २०, माइक्रोफाइनान्स १९.३३, विकास बैंक १३.४२, वाणिज्य बैंक ८.७१, होटल ७.८३, अन्य ४.२७ र फाइनान्स ०.३१ अंकले ओरालो लागेका छन् ।

यस दिन कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघेको छैन् । अपर तामाकोशीको सबै भन्दा धेरै ९३ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नविल बैंकको संस्थापक ९० लाख र सर्वसाधारण शेयर ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । चौतारी लघुवित्त कम्पनीका शेयरधनीहरुले आजको कारोबारवाट सबै भन्दा धेरै बढी कमाएका छन् । चौतारीका शेयरधनीहरुले ९.८४ प्रतिशतले कमाएका हुन् । श्रीराम सुगर मिलको शेयर मूल्य ९.४० प्रतिशतले बढेको छ । यस्तै जेविल्स फाइनान्सको शेयरधनीहरुले आजको कारोबारबाट ३.०८ प्रतिशतले कमाएका छन् ।

पुर्णिमा विकास बैंक र सानिमा इक्युटी फण्डको इकाई मूल्य २ प्रतिशतले बढ्दा हिमालयन डिस्टीलरी, किसान माइक्रोफाइनान्स, एभरेष्ट इन्स्योरेन्स, सिन्धु विकास बैंक र कैलाश विकास बैंकको शेयरधनीहरुले १ प्रतिशत भन्दा बढीले कमाएका छन् । यता नेपाल सेवा लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । लघुवित्तको शेयर मूल्य ५.३८ प्रतिशतले घटेको हो । यस्तै सामुदायिक लघुवित्त, नयाँ नेपाल लघुवित्तका शेयरधनीहरुले पनि ५ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।

प्रभु इन्स्योरेन्स, मिर्मिरे लघुवित्त, सुर्या लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक, नगबेली लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।