logo

नेपालको ४० औं प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित

    2617   पटक पढिएको

२३ जेठ/अर्थ र व्यापार- नेपालको ४० औं प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचत भएका छन् । आज बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा कुल ५५८ सांसद मध्ये ३८८ मतका साथ देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । देउवाको विपक्षमा १७०  मत परेको थियो ।

संसद बैठकमा प्रधानमन्त्रका उम्मेदवार शेरवहादुर देउवाले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक रामचन्द्र पौडेल,विजय गच्छदार लगायत पाँच जनाले समर्थन गरेका थिए । नियम ४९ को उपनियम ५ बमोजिम सभामुखले उनको उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

संकलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउदै देउवा औपचारिक रुपमा प्रधानमन्त्री निर्वाचित भएको घोषणा गरियो । देउवा चौथो पटक मुलुकको ४० औ प्रधानमन्त्री बनेका हुन् । संसदको ठूलो दल नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले यसअघि तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी निभाइसकेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।