logo

भारतमा उत्पादन घट्दा नेपाली अलैंचीले बजार पायो, चालु वर्षमा ८ अर्ब बढीको निर्यात हुने अनुमान

    2086   पटक पढिएको


२४ असार/अर्थ र व्यापार– भारतमा अलैंची उत्पादन घटेसंगै नेपाली अलैंचीको भारतीय वजारमा उच्च माग भएको छ । 

नेपाली अलैंचीको मागमा दोब्बर बृद्धी भएसंगै चालु आर्थिक वर्षको ११ महिनामा अलैंचीको निर्यात पनि ७ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा पुगेको छ । 

नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्कीले आर्थिक वर्ष २०७६/७७ को तुलनामा अलैंचीको निर्यात झन्डै दोब्बरले वृद्धि भएको बताए । कार्कीले भारतमा अलैंची उत्पादन घट्नु र अलैंचीलाई अत्यावश्यक वस्तुका रूपमा राखिएपछि नेपालबाट निर्यातमा भारी वृद्धि भएको जानकारी दिए ।

कार्कीका अनुसार कुल उत्पादनमध्ये अझै करिब १० देखि १५ प्रतिशत अलैंची स्टक बाँकी रहेकोले उक्त स्टक पनि निर्यात गर्दा ८ अर्ब भन्दा बढीको निर्यात हुने अनुमान गरिएको जानाकारी दिए । नेपालमा वार्षिकरूपमा एक लाख २० हजार बोराभन्दा बढी अलैंची उत्पादन हुने गरेको छ ।

गत वर्ष  करिब ४ अर्ब रुपैयाँको निर्यात भएकोमा संघले यस बर्ष ६ अर्ब रुपैयाँको अलैंची निर्यात हुने लक्ष्य राखेको थियो । चालु आर्थिक वर्षमा नेपालबाट भटमासको तेलपछि अलैंचीको निर्यात सबैभन्दा बढी रहेको छ।

विश्व बजारमा नेपाली अलैंची गुणस्तरीयमा पर्छ । नेपालबाट भारत निर्यात हुने कृषि उपजमध्ये सर्वाधिक राम्रो भाउ पाउनेमा अलैंची पर्छ । अलैंचीको प्रयोग बिस्कुट, बिभिन्न प्रकारका मसला, सुगन्धित तेल, बेकरीका परिकार र मदिरामा प्रयोग गरिन्छ ।

नेपाली अलैंचीको माग बढेसंगै मूल्य पनि उल्लेख्य मात्रामा बृद्धी भएको छ । ५ वर्षपछि प्रतिकेजी २५० रुपैयाँसम्म बढेर प्रतिकेजी ८७५ रुपैयाँसम्म पुगेका नेपाल अलैंची व्यवसायी संघले बताएको छ ।

वर्षाका कारण भारतमा अलैंचीको मागमा कमि आएसंगै केही दिनयता मूल्य घटेर प्रतिकेजी ८ सय रुपैयाँमा आइपुगेको छ । गत महिना प्रतिमन ३५ हजार रुपैयाँ पुगेको अलैंची अहिले प्रतिमन ३२ हजारमा झरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।