logo

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.रेग्मी नियुक्त

    1977   पटक पढिएको

१४ माघ / अर्थ र व्यापार- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मी नियुक्त भएका छन् । यसअघिका वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल सकिएपछि पर्यटन मन्त्रालयका सचिव केदारवहादुर अधिकारी संयोजकत्वको छनौट समितिले छानेका तीन उम्मेदवारमध्ये एक नम्बरमा रहेका रेग्मी मंगलबार प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

मंगलबार बसेको बोर्डको बैठकले छनौट समितिको सिफारिसमा सबैभन्दा धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्त गरेको हो । गत एक साता अघि नै छनौट समितिले सिफारिस गरे पनि विभिन्न कारणवश केही दिन नियुक्ति रोकिएको थियो । छनौट समितिले सिइओका लागि प्रतिस्पर्धा गरेका ९ जनामध्ये लिखित र मौखिक परीक्षापछि उनी सहित हिक्मत ऐर र दिपक बस्ताकोटीलाई छनौट गरेको थियो ।

रेग्मीले अर्थ साइन्समा जापानबाट विद्यावारिधि गरेका छन् भने अमेरिकी विश्वविद्यालयमा पनि अध्ययन गरेका छन् । उनले भूगोल विषयको शिक्षकका रुपमा बुढानिलकण्ठ स्कूलमा अध्यापन समेत गराएका थिए । रेग्मीले हिमालयन क्लाइमेट सेन्टरमा समेत काम गरेका छन् । पछिल्लो समय वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेका रेग्मी आफ्नै ब्यापार व्यवसायमा संलग्न थिए । जियोग्राफी (भूगोल)का विज्ञ उनले त्रिभुवन विश्वविद्यालयमा पनि प्राध्यापन गरेका छन् । रेग्मी अटोमोबाइल, पर्यटन तथा होटल क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।