logo

एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्छ : चीन

    1103   पटक पढिएको

१८ पुस / अर्थ र व्यापार -  अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ ।

नेपालका लागि चिनिया राजदूत होउ यान्कीले आज आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताइन् । ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन,’ राजदूतले भनिन्, ‘कसैको दबावमा भन्दा आफ्नो हित हेरेर अन्तर्रा्ष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनीया नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिएकी छिन् । उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैर पर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो । पक्राउ परेकाहरु अहिले हिरासतमै छन् ।’

राजदुत होउले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे पनि प्रष्ट पारिन् । उनले भनिन्, ‘२ जोड एक भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन । सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा हो ।’ यसको उदाहरणका रुपमा उनले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको बताइन् ।

पत्रकारले तपाईं आफ्नो पदावधि नसकिँदै फर्किनुहुने चर्चाबारे प्रश्न गर्दा उनले त्यसलाई इन्कार गरिन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।