logo

शेयर बजारका सुधारका लागि नेपाल इन्भेष्टर्स फोरमद्वारा सरकारलाई ६ बुँदे सुझाव

    1385   पटक पढिएको

८ फागुन/ अर्थ र व्यापार  - नेपाल इन्भेष्टर्स फोरमले संघीय संसदको अर्थ समितिले फागुन ७ गते मंगलबार पूँजी बजारसम्बन्धी छलफलका लागि सरोकारवालाहरु सबैलाई बोलाएको बैठकमा शेयर बजारका सुधारका लागि सरकारले गर्नुपर्ने मुख्य विषयहरु समेटेर ६ बुँदे सुझाव बुझाएको छ ।
फोरमका नव निवाचित अध्यक्ष छोटेलाल रौनियार अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाललाई उक्त सुझाव बुझाएका हुन् । सुझाब पत्रमा जलविद्युत कम्पनीहरुका नियामक निकाय गठन, अननलाईन कारोबार प्रणालीको सुधार, बैंकलाई ब्रोकर इजाजत, प्यान लागू, र नयाँ ब्रोकर लाइसेन्स वितरण गर्नेसम्मका माग समेटिएको छ ।

फोरमले बुझाएको एक नम्बर बुँदामा जलविद्युत कम्पनीको नियमनका लागि सशक्त र बलियो नियामक निकाय गठन हुनेपर्ने सुझाब दिइएको छ । सरकारले घोषणा गरेको नेपालको पानी जनताको लगानी मार्फत संकलन गर्न लागिएको एक खर्ब २ अर्ब पूँजी संकलनको क्रममा रहेकोले यो व्यवस्था लागू गर्न सुझाब दिएको छ ।

त्यसैगरि अनलाईन कारोबार प्रणालीलाई अनलाइन कारोबार प्रणालीको कमि कमजोरी र त्रुटी हटाएर लगानीमैत्री बनाउनुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स कार्यान्वयन नआउने कारण पत्ता लगाई कार्यान्वयन गर्नुपर्ने, प्यानलाई लगानीकर्ताले ठूलो कर र डरको रुपमा लिएकाले प्यानबारे सरकारको धारणा तथा कार्यक्रम र प्यानका फाइदा सार्वजनिक गर्न भनिएको छ ।

यस्तै लगानीकर्ताको मनोबल वृद्धिका लागि पूँजी बजारमा व्यक्तिगत कर्जा (ओभरड्राफ्ट) को सीमालाई ५० लाखबाट पुन ७५ लाख कायम गर्नुपर्ने, र नियामक निकायहरुले जारी गरेको मापदण्ड र प्रकृया पूरा गर्नसक्ने व्यक्ति तथा संस्थालाई नयाँ ब्रोकर लाइसेन्स खुलाउन सरकारलाई सुझाव दिएको छ ।
सुझाव बुझाउँदै रौनियारले सरकारले निर्णय समयमा नै कार्यान्वयनमा आउन नसक्दा लगानीकर्ताले नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै बजारको आपूर्ति अनुसारको माग सिर्जना गर्नुपर्ने र पूँजी बजारलाई राहत दिन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।