logo

नेपाल धितोपत्र बोर्डको कार्यालयमा शेयर लगानीकर्ता दबाब समूहद्वारा तालाबन्दी

    1512   पटक पढिएको

१० चैत्र /अर्थ र व्यापार - आफुहरुले राखेको ३२ बुँदे मागको कुनै सुनुवाई नभएको भन्दै शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा चैत १० गते आइतबार तालाबन्दी गरेको छ ।  शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेको हो । बोर्डको नेतृत्व पूँजी बजारको सुधार र विस्तारप्रति गैर जिम्मेवार भएको आरोप उक्त समूहको छ ।

तालाबन्दीपछि लगानीकर्ताहरु बोर्ड परिसरमा शान्तिपूर्वक धर्नामा बसिरहेका छन् । शनिबार प्रधानमन्त्री केपी ओलीलाई माग पत्र बुझाएका दबाब समूहले आइतबारदेखि कडा आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले यसअघि बोर्डका अध्यक्ष डा. रेबत कार्की र कार्यकारी निर्देशक निरज गिरीको घर घेर्ने कार्यक्रम घोषणा गरेकोमा सो परिवर्तन गरि बोर्डको कार्यालयमा तालाबन्दी गरेर दबाब सिर्जना गरेका हुन् । 

दबाब समूहका अध्यक्ष हरि ढकालले नियामक निकायहरुले आफूहरुको पूर्व घोषित माग पूरा नगर्दा कार्यतालिका अनुसार नै दबाबमूलक कार्यक्रम गरेको बताए। पूँजीबजारको समस्या अध्ययन कार्यदलले बुझाएको ५८ बुँदामध्ये धेरै बुँदा कार्यान्वयनमा जान नसकेको, तथा आफ्नो समूहले उठान गरेका ३२ बुँदे मागको कार्यान्वयनको माग गर्दै बोर्ड कार्यालयमा तालाबन्दी गरेको उनले बताए । नियामक निकायमा रहेका विकृति र विसङ्गति विरुद्ध आफुहरुले निर्णयक आन्दोलन थालेको बताउँदै दबाब समूहका अध्यक्ष आम लगानीकर्ताहरुको साथ र सहयोग रहेने विश्वास व्यक्त गरे । आफुहरुले उठाएका ३२ बुँदे मागको सुरुवात नहुँदासम्म तालाबन्दी जारी रहने ढकालको भनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।