logo

व्यापारिक सम्बन्ध स्थापनाको १४८ वर्षपछि पहिलो पटक नेपाल-चिन वार्ता हुदै 

    2126   पटक पढिएको


१३ असोज/अर्थ र व्यापार– नेपाल-चीनबिच औपचारिक व्यापारिक सम्बन्ध स्थापनाको १४८ वर्षपछि पहिलो पटक वाणिज्य सहसचिवस्तरीय भर्चुअल व्यापार वार्ता हुँदैछ । 

मंगलबार मध्याह्न १२ बजे सुरु हुने दुवै देशको वाणिज्य सहसचिवस्तरीय पहिलो बैठकमा चीन नेपालसँगको उच्चस्तरीय वार्तामा चार वटा एजेण्डाहरुमा छलफल गर्ने भएको छ ।   

बैठकमा चीनले प्रस्तुत गर्ने चार वटा एजेण्डाहरुमा पहिलो नेपालसँगको व्यापारिक वातावरणमा सुधार गर्ने,  दोस्रो प्रमुख नाका जोड्ने स्याफ्रुबेंसी रसुवा सडक स्तोरन्नती परियोजना अघि बढाउने, तेस्रो कमजोर नेपाली बोर्डर पोइन्टहरुको स्तरोन्नतीर चौंथोमा चाइना इन्टरनेश्नल आयात एक्स्पोमा नेपालको सहभागीतालाई चिनले एजेण्डाको रुपमा प्रस्तुत गर्ने भएको हो । 

नेपाली वार्ता टोलीका संयोजक वाणिज्य सहसचिव प्रकाश दाहालका अनुसार वार्तामा नेपालले झण्डै दर्जन हाराहारीमा एजेण्डा बनाएको बताए । 

दुई देशबीचको व्यापारीक सम्बन्धको समीक्षा, नाकाको पूर्वाधार तथा सहजीकरण, व्यापार तथा पारवहन सन्धि कार्यान्वनयको अवस्था र व्यापार वृद्धि नेपालको प्रमुख मुद्दा भएको टोलीका संयोजक वाणिज्य सहसचिव दाहालले जानकारी दिए । 

दुई देशबीचको ब्यापार बढाउन सीमापार विशेष आर्थिक क्षेत्र स्थापना, थप व्यपारीक नाका सञ्चालनको सम्भाव्यता तथा नेपाली वस्तु निर्यातको सहजीकरण लगायतका विषय पनि बैठकका प्रमुख विषय भएको दाहालले जानकारी दिए । 

यसअघि चीनको स्वशासित क्षेत्र तिब्बतका वाणिज्य अधिकारीसँग मात्रै नेपालको  व्यापार वार्ता गर्दै आएको थियो ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।