logo

निटलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिईने 

    2320   पटक पढिएको

१९ माघ / अर्थ र व्यापार- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (नीट) लाई पार्टीको आगामी केन्द्रिय समिति बैठकवाट पार्टीको शुभेच्छुक संस्थाको मान्यता दिईने वताएका छन ।

नेपाल पर्यटन व्यवसायी संघ (नीट) ले आयोजना गरेको लोकतान्त्रिक पर्यटन व्यवसायिहरुको भेला तथा सम्मान कार्यक्रममा बोल्दै देउवाले सो कुरा वताएका हुन । चुनावमा नेपाली कांग्रेसको सिद्धान्त र दर्शनले नहारेको तर पार्टीका नेताहरुले चुनाव हारेको उनको भनाई थियो । यस विषयमा पार्टीको केन्द्रिय समितिमा छिट्टै समिक्षा हुने उनले वताए ।

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा प्रत्येक गाउँमा पर्यटकिय सम्भावना रहेकोले व्यवसायीहरुले पनि लगानी गर्दा त्यस विषयमा ध्यान दिनुपर्ने वताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक खड्काले नेपालमा विशेषगरी कम्युनिष्ट पार्टीहरुले पर्यटन क्षेत्रमा माफियाकरण गरेको वताए।

नेपाल पर्यटन व्यवसायी संघ (नीट) का अध्यक्ष दीपक महतले लोकतन्त्रमा आस्था राख्ने व्यवसायिहरुले आफ्नो व्यवसायका साथै सामाजिक उत्तरदायित्व अन्र्तगत धेरै काम गरेको वताए । महतले आँफुहरुले पार्टीवाट केहि नमागेको तर आवश्यक पर्दा सहयोग गरेको वताउँदै निट लाई पार्टीले शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संस्थामा निर्वाचित भएका निट समर्थक व्यवसायि र पत्रकारहरुलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुको बाक्लो उपस्थिति थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।