logo

विपक्षीको उम्मेदवारभन्दा योग्य र मतदाताहरुले मन पराएको व्यक्तिलाई टान अध्यक्षमा उठाउँछौं– निट अध्यक्ष महत

    1707   पटक पढिएको

४ भदौ /अर्थ र व्यापार- आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस निकट पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (निट) ले अध्यक्ष दीपक महतको अध्यक्षतामा ७ सदस्यीय चुनावी व्यवस्थापन तथा सहजीकरण समिती गठन गरेको छ ।

समितिको सदस्यहरुमा संघका सह–अध्यक्ष रामशरण थपलिया, रमेश धमला, निमा शेर्पा, छेटुप तामाङ, देबेन्द्र वाग्ले र कुलबहादुर गुरुङ रहेका छन । “यो समितिले एकपक्षिय, द्धिपक्षीय र बहुपक्षिय वार्ता र सम्वादको पहल गर्ने र सकेसम्म सहमतिको प्रयास गर्नेछ”–निटका अध्यक्ष दीपक महतले अर्थ र व्यापारसंग भने । यसपटक टानको नेतृत्वका लागी सहमतिको सम्भावना झिनो देखिएको भए पनि कहिलेकाँही झिनो सम्भावना पनि पुरा हुन सक्ने सम्भावना रहेको उनले वताए ।

“सकेसम्म वार्तामार्फत सहमतिको प्रयास गरिन्छ, त्यसो हुन नसके निटले आफ्नो उम्मेदवारलाई अगाडी बढाउनेछ,त्यसमा अन्य विचार समुहका व्यवसायीहरुलाई पनि समेट्न सकिन्छ”–अध्यक्ष महतले भने । निटले एउटा मापदण्ड बनाएर नै अध्यक्ष लगायत अन्य उम्मेदवारहरु छनौट गर्ने उनले वताए । “विपक्षीको उम्मेदवार भन्दा योग्य र मतदाताहरुले मन पराएको व्यक्तिलाई निटले टान अध्यक्षमा उठाउँछ”–अध्यक्ष महतले भने ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।