logo

नाट्टाको अत्याधुनिक भवन निर्माण गर्ने र नाट्टाबाट आँफुले केहि नलिने श्रेष्ठको घोषणा

    34510   पटक पढिएको

२४ पुष / अर्थ र व्यापार- आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा बरिष्ठ ट्राभल व्यवसायि राम प्रसाद श्रेष्ठले डि.के शर्मा समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । श्रेष्ठ हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन । 

नेपालमा सुरुवात अवस्थामा पिस एण्ड हेभेन ट्राभल्स एण्ड टुर्स प्रा.लि. सञ्चालन गरि टुरिष्ट बसको सेवा प्रदान गरेका श्रेष्ठले सन १९९७ देखि हार्भेष्ट मुन सञ्चालन गर्दै आएका छन । ट्राभल व्यवसायमा ७५ जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिँदै आएका श्रेष्ठ नाट्टालाई आर्थिक रुपमा पारदर्शी बनाउन र नाट्टा भित्र राजनीतिक गतिविधिलाई रोक्न आँफुले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको वताउँछन ।

“म नाट्टामा निर्वाचित भएमा विभिन्न ठाउँ वाट स्रोत पहिचान गरि सवै सुविधा र एउटा सम्मेलन केन्द्र सहितको नाट्टाको आफ्नै अत्याधुनिक भवन निर्माण गर्ने र नाट्टालाई आर्थिक रुपमा समृद्ध बनाउने योजना छ”–श्रेष्ठले भने । राज्यलाई गाली मात्र नगरेर राज्यसंग नै सहकार्य गरि निति निर्माण गर्दै नेपालमा सरकार र नीजि क्षेत्रको सहकार्यले मात्र नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिने उनको धारणा छ । राज्यसंग मिलेर निति निर्माण गर्दै पूर्वाधारहरुको निर्माण गर्न सके नेपालले पर्यटन क्षेत्रकै माध्यमवाट समृद्धि हाँसिल गर्नेमा उनी विश्वास राख्छन ।

नाट्टाका हरेक कार्यक्रमहरु जस्तै स्वर्ण महोत्सव तथा अन्य कार्यक्रमहरुमा आफ्नो कम्पनीले प्रमुख प्रायोजक भएर सहयोग गरेको तथा भुकम्पको समयमा समेत आँफुले नाट्टालाई प्रमुख सहयोग गरेको उनले वताए । त्यसैकारण अर्थ र व्यापार संग कुरा गर्दै श्रेष्ठले नाट्टामा निर्वाचित भएर गएमा  कोषाध्यक्षको रुपमा आँफुले नाट्टा वाट केहि नलिने र त्यो आफ्नै व्यक्तिगत ढंगले खर्च गर्ने वताए ।“मलाई नाट्टामा निर्वाचित भएर गएमा मलाई केहि लिनु छैन,नाट्टा र यसका सदस्यहरुको हितमा काम गर्दै नाट्टालाई समृद्ध नाट्टामा बदल्ने हाम्रो योजना हो”–श्रेष्ठले भने ।

आँफु नाट्टामा निर्वाचित भएमा टुरिष्ट बसपार्क निर्माण गर्न प्रतिवद्ध रहेको उनले वताए । सुरुवातमा आँफैले टुरिष्ट बस सञ्चालन गरेकोले टुरिष्ट बस सञ्चालकहरुको समस्या आँफुले राम्रोसंग बुझेको र त्यसलाई समाधानका लागी आँफु क्रियाशील हुने उनले वताए । त्यसवाहेक नेपालमा रहेका टुर अपरेटरहरुको अन्तर्राष्ट्रिय सञ्चाल विस्तारका लागी नाट्टाले हरेक वर्ष कम्तीमा उनीहरुलाई २ पटक विदेश लैजाने र सस्तोमा टिकट उपलब्ध गराउन आँफुले पहल गर्ने श्रेष्ठले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।