logo

नाट्टाद्वारा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष खरेललाई भेट गरि ९ बुँदे सुझाव पेश

चीन,जापान,साउदी अरव लगायत नयाँ बजारमा जाने निगमको योजना 

    1929   पटक पढिएको

४ असोज / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)ले नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलसंग भेट गरि वधाई  दिएको छ । नाट्टाका अध्यक्ष सि.एन पाण्डेको नेतृत्वमा गएको नाट्टा प्रतिनिधिमण्डलले बधाई ज्ञापन गर्नुका साथै निगमलाई ९ बुँदे सुझाव समेत दिएको छ ।

नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले नवनियुक्त अध्यक्ष खरेललाई बधाई दिँदै उनको कार्यकालमा निगमले प्रगति गरोस भन्ने शुभकामना व्यक्त गरे । अध्यक्ष पाण्डेले निगमले एयरबस ३३०–२०० सिरजिको २७४ सिट क्षमता भएका २ वटा वाईड बडि जहाज नेपाल भित्र्याउन सफल भएकोमा त्यसलाई स्वागत गर्दै निगम र नाट्टाको सहकार्य थप प्रभावकारी हुने अपेक्षा व्यक्त गरे ।

नाट्टाद्वारा पेश गरिएको सुझावहरुमा राष्ट्रिय ध्वजाबाहकको क्षमता अभिवृद्धि गर्न विदेशी विमान सेवाहरुसंग साझेदारीका लागी पहल गर्नुपर्ने,निगमले चीनका विभिन्न सहरहरुमा आफ्नो उडान विस्तार गर्नुपर्ने,तेस्रो मुलुक लगायत युरोप,अमेरिका जस्ता सहरहरुमा निगमको सेवा विस्तार गरिनुपर्ने,राम्रो सञ्जाल भएका अन्य एयरलाईन्सहरु संग स्पेसियल प्रिकस्ट एग्रिमेण्ट गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै टिकटमा मिति परिवर्तन तथा रिईस्युको समस्यालाई सहज गराईनुपर्ने,निगमको मार्केटिङ रणनिति प्रभावकारी वनाईनुपर्ने,आन्तरिक हवाई सेवाहरुमा लाग्ने इन्धनमा सरकारी छुट उपलब्ध गराईनुपर्ने,यात्रुहरुको गुनासो सुनुवाइका लागी इन्फरमेशन संयन्त्रको विकास गर्नुपर्ने तथा निगमले लुक्ला तथा जोमसोमजस्ता स्थानहरुमा उडान गर्न आवश्यक रहेको सुझावमा उल्लेख छ ।

नाट्टाद्वारा प्रस्तुत गरिएको सुझाव सुनिसकेपछि कार्यकारी अध्यक्ष खरेलले निगमको लागी नाट्टाको निकै महत्व रहेकोले नाट्टाका सुझावहरुलाई ध्यान दिँदै आगामी दिन सहकार्य गरेरै अगाडी बढ्ने वताए । खरेलले आँफु नियुक्त भएर आईसकेपछि तुरुन्तै नयाँ वाईडवढि जहाजको उडानका लागी तयारी सुरु गरिसकेको वताए । निगमले चीन,जापान,साउदी अरव लगायत नयाँ बजारमा जाने योजना बनाईरहेको खरेलले जानकारी दिए । 

भेटमा नाट्टाका अध्यक्ष पाण्डेको नेतृत्वमा उपाध्यक्ष अच्युत गुरागाईं,महासचिव रमेश थापा,सचिव सविता के.सी,सहकोषाध्यक्ष सुरेन्द्र भट्टराई तथा सदस्यहरु राजु ढकाल,गिता ढकाल,रमेश पौडेल तथा देवकी गुरुङको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।