logo

नाट्टाद्वारा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष खरेललाई भेट गरि ९ बुँदे सुझाव पेश

चीन,जापान,साउदी अरव लगायत नयाँ बजारमा जाने निगमको योजना 

    2266   पटक पढिएको

४ असोज / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)ले नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलसंग भेट गरि वधाई  दिएको छ । नाट्टाका अध्यक्ष सि.एन पाण्डेको नेतृत्वमा गएको नाट्टा प्रतिनिधिमण्डलले बधाई ज्ञापन गर्नुका साथै निगमलाई ९ बुँदे सुझाव समेत दिएको छ ।

नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले नवनियुक्त अध्यक्ष खरेललाई बधाई दिँदै उनको कार्यकालमा निगमले प्रगति गरोस भन्ने शुभकामना व्यक्त गरे । अध्यक्ष पाण्डेले निगमले एयरबस ३३०–२०० सिरजिको २७४ सिट क्षमता भएका २ वटा वाईड बडि जहाज नेपाल भित्र्याउन सफल भएकोमा त्यसलाई स्वागत गर्दै निगम र नाट्टाको सहकार्य थप प्रभावकारी हुने अपेक्षा व्यक्त गरे ।

नाट्टाद्वारा पेश गरिएको सुझावहरुमा राष्ट्रिय ध्वजाबाहकको क्षमता अभिवृद्धि गर्न विदेशी विमान सेवाहरुसंग साझेदारीका लागी पहल गर्नुपर्ने,निगमले चीनका विभिन्न सहरहरुमा आफ्नो उडान विस्तार गर्नुपर्ने,तेस्रो मुलुक लगायत युरोप,अमेरिका जस्ता सहरहरुमा निगमको सेवा विस्तार गरिनुपर्ने,राम्रो सञ्जाल भएका अन्य एयरलाईन्सहरु संग स्पेसियल प्रिकस्ट एग्रिमेण्ट गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै टिकटमा मिति परिवर्तन तथा रिईस्युको समस्यालाई सहज गराईनुपर्ने,निगमको मार्केटिङ रणनिति प्रभावकारी वनाईनुपर्ने,आन्तरिक हवाई सेवाहरुमा लाग्ने इन्धनमा सरकारी छुट उपलब्ध गराईनुपर्ने,यात्रुहरुको गुनासो सुनुवाइका लागी इन्फरमेशन संयन्त्रको विकास गर्नुपर्ने तथा निगमले लुक्ला तथा जोमसोमजस्ता स्थानहरुमा उडान गर्न आवश्यक रहेको सुझावमा उल्लेख छ ।

नाट्टाद्वारा प्रस्तुत गरिएको सुझाव सुनिसकेपछि कार्यकारी अध्यक्ष खरेलले निगमको लागी नाट्टाको निकै महत्व रहेकोले नाट्टाका सुझावहरुलाई ध्यान दिँदै आगामी दिन सहकार्य गरेरै अगाडी बढ्ने वताए । खरेलले आँफु नियुक्त भएर आईसकेपछि तुरुन्तै नयाँ वाईडवढि जहाजको उडानका लागी तयारी सुरु गरिसकेको वताए । निगमले चीन,जापान,साउदी अरव लगायत नयाँ बजारमा जाने योजना बनाईरहेको खरेलले जानकारी दिए । 

भेटमा नाट्टाका अध्यक्ष पाण्डेको नेतृत्वमा उपाध्यक्ष अच्युत गुरागाईं,महासचिव रमेश थापा,सचिव सविता के.सी,सहकोषाध्यक्ष सुरेन्द्र भट्टराई तथा सदस्यहरु राजु ढकाल,गिता ढकाल,रमेश पौडेल तथा देवकी गुरुङको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।