logo

नाट्टा स्वर्ण जयन्तीको प्रभावका कारण सन २०१७ मा वढि पर्यटक नेपाल आएको नाट्टाको दावी

    2082   पटक पढिएको

३ पुस/अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आफ्नो स्वर्ण जयन्ती वर्षै भरी विभिन्न कार्यक्रमहरु गरी सम्पन्न भएको जनाएको छ । नाट्टाको स्वर्ण जयन्ती समारोहको समापन कार्यक्रम उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

नाट्टा स्वर्ण जयन्ती समारोहका संयोजक सि.एन.पाण्डेले स्वर्ण महोत्सवको मुख्य उद्देश्य सरकारले पर्यटनलाई भाषणमा  उद्योगको रुपमा मान्यता दिएपनि व्यवहारमा लागु नभएकोले त्यसलाई व्यवहारमा लागु गराउने रहेको र त्यस दिशामा वर्षै भरी उल्लेख्य काम भएको वताए । पाण्डेले नाट्टाको स्वर्ण जयन्तीको अवसरमा भएका विभिन्न कार्यक्रम र विदेशी टुर अपरेटर्स हरु संग भएको छलफलको सकारात्मक असरका कारण सन २०१७ मा नेपाल आउने पर्यटकहरुको संख्या वृद्धि भएको वताए ।

नाट्टाको स्वर्ण जयन्ती सम्पन्न भईसकेछि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले नेपालले सन २०३० सम्म ५० लाख पर्यटन नेपाल भित्र्याउने उद्देश्य राख्नुपर्ने र त्यसका लागी नेपाल सरकारले पर्यटकिय गन्तव्यमा लगानी गर्नुपर्ने वताए । आचार्यले नेपाल एयरलाईन्सले निकट भविष्यमा नै न्युनतम दश वटा जहाज मार्फत उडान गर्नु आवश्यक रहेको वताए ।  

कार्यक्रममा नाट्टाका महासचिव भिम प्रसाद पन्तले नाट्टा स्वर्ण जयन्तीको अवसरमा वर्षभरी गरिएका कार्यक्रमहरु वारे जानकार दिएका थिए । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य कृष्ण अर्यालले विभिन्न पर्यटकिय गन्तव्यहरुमा स्थानिय निकायहरुले उठाउँदै आएको पर्यटन शुल्कको वारेमा छिट्टै निकास निकालिने वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।