logo

नाट्टा नेतृत्वका लागी सहमतिको सम्भावना सकियो,प्यानल निर्माण हुँदै

    2188   पटक पढिएको

१८ पुष / अर्थ र व्यापार- आगामी पुस २८ (जनवरी १२ तारिख) का दिन हुने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको लागी आकांक्षी ट्राभल व्यवसायिहरुको छलफल अगाडी बढेको छ । आ–आफ्नो प्यानल निर्माणका लागी व्यवसायिहरुको प्रयास भईरहेको छ । 

यसपटक नाट्टाको नेतृत्व लिनका लागी नाट्टाका प्रथम उपाध्यक्ष सि.एन.पाण्डे,नाट्टाका पूर्व महासचिव अच्युत गुरागाईं र मिहिका धाख्वाको चर्चा रहेको छ । यस अघि नाट्टा नेतृत्वका लागी सहमतिको प्रयास भए पनि त्यो सम्भव नभएको छलफलमा सहभागी व्यवसायीहरुले अर्थ र व्यापारलाई वताए ।

यसअघि विभिन्न व्यवसायिक समुह बनाएर निर्वाचनमा जाने ट्राभल व्यवसायिहरु दुई वर्ष अगाडी देखि भने राजनीतिक रुपमा प्यानल बनाएर जान थालेका हुन । यस पटक पनि नाट्टामा राजनीतिक प्यानलहरु बन्ने प्रष्ट छ । 

नाट्टाका अध्यक्षका आकांक्षी सि.एन.पाण्डे लाई नेकपा एमाले÷एमाओवादी निकट र स्वतन्त्र व्यवसायिहरुको समर्थन रहने देखिएको छ । यद्यपी पाण्डे एमाले निकट व्यवसायिहरु भित्रै देखिएको फाटोलाई मिलाउन लागीपरेको बुझिएको छ । एमाले निकट ट्राभल व्यवसायिहरुको एउटा समुह सि.एन. लाई अध्यक्ष नमान्ने पक्षमा लागेकोले त्यसलाई मिलाउने उनको प्रयत्न रहेको बुझिएको छ ।

यता अध्यक्षका अर्का सदाबहार आकांक्षी अच्युत गुरागाईंले पनि यसपटक अध्यक्ष बन्ने ईच्छा राखे पनि यसपटक पनि उनले प्रथम उपाध्यक्षमै चित्त बुझाउनु पर्ने देखिएको छ । अध्यक्ष बन्न राम्रै कसरत गरेका गुरागाईंलाई ठूला विजनेश हाउसहरुले नपत्याएको ट्राभल व्यवसायिहरु माझ चर्चा चलेको छ । गुरागाईंलाई सि.एन समुहले पनि प्रथम उपाध्यक्षको लागी प्रस्ताव गरिरहेको जानकारीमा आएको छ । यद्यपी राजनीतिक रुपमा नेपाली कांग्रेस निकट भएकोले गुरागाईंलाई पाण्डे समुहमा जान पनि समस्या र अध्यक्षकै अर्का उम्मेदवार मिहिका धाख्वाको प्रथम उपाध्यक्षमा जान पनि उनलाई समस्या रहेको बुझिएको छ । 

यता अध्यक्षका अर्का उम्मेदवार मिहिका धाख्वाको अध्यक्ष बन्ने चाहना पनि उत्तिकै छ । नाट्टाको संस्थापन समुहको विरोधी समुह फेरि यसपटक पनि मिहिकालाई नै अध्यक्ष उठाउने पक्षमा छ । उनी यसभन्दा अगाडी मधुसुदन आचार्य संग अध्यक्षमा पराजत भएकी थिईन । धाख्वा अच्युत गुरागाईंलाई प्रथम उपाध्यक्ष बनाएर नयाँ शक्ति र कांग्रेसका असन्तुष्टहरुलाई समेटेर प्यानल बनाउन प्रयासरत छिन । 

नाट्टा निर्वाचनका लागी विभिन्न ढंगले छलफलहरु भईरहेको जानकारीमा आएको छ । नाट्टाको निर्वाचनमा विशेष गरि विग हाउसहरु,पूर्व अध्यक्षहरु र विभिन्न राजनीतिक दल निकट व्यवसायिका संस्थाहरुको भुमिका हुने गर्दछ । यसपटक नाट्टाका पूर्व अध्यक्षहरु अर्जुन शर्मा सि.एन पाण्डेको पक्षमा देखिएका छन भने अर्का पूर्व अध्यक्ष पवित्रकुमार कार्की गुरागाईंको पक्षमा भए पनि गुरागाईं अध्यक्ष वाट पछाडी हटे पछि उनले मिहिका लाई समर्थन गर्छन वा पाण्डेलाई,त्यो स्पष्ट छैन । नाट्टाका पूर्व अध्यक्ष डि.बि लिम्बु धाख्वाको पछाडी भए पनि उनको पक्षमा पूर्व अध्यक्षहरु कम समर्थनमा देखिएका छन । 

४७२ जना मतदाता रहेको नाट्टाको मनोनयन पुष २३ गते आईतवार रहेकोले शुक्रवार सम्म सवै प्यानलहरु तयार हुने देखिएको छ । सवैलाई समेटेर प्यानल निर्माण गर्न व्यवसायिहरुले पहल गरिरहेका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।