logo

ट्राभल व्यवसायिहरुलाई लाग्यो नाट्टाको चुनाव

पाण्डे र शर्माको प्यानल चुनावी प्रतिस्पर्धामा

    2500   पटक पढिएको

२३ पुष / अर्थ र व्यापार- ट्राभल एण्ड टुर व्यवसायिहरुको संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका लागी दुई प्यानलले मनोनयन दर्ता गराएका छन । 

आईतवार नाट्टाका प्रथम वर्तमान प्रथम उपाध्यक्ष सि.एन.पाण्डे र नाट्टाकै द्वितीय उपाध्यक्ष डि.के शर्माले आ–आफ्नो प्यानल सहत मनोनयन दर्ता गराएका हुन । पाण्डे सम्राट टुर्स एण्ड ट्राभल्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन भने शर्मा डि.के. टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन ।

सिएन पाण्डे प्यानलबाट उपाध्यक्षमा अच्यूत गुरागाई द्वितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिव रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भटराई तथा सदस्यहरुमा इनु थापा, कुमार थपलिया, राजु ढकाल, फुरी शेर्पा, सुर्दशन नेपाल, रमेश पौड्याल, देवकी गुरुङ र रोमी श्रेष्ठको उम्मेद्वारी परेको छ ।

त्यस्तै डि.के शर्मा प्यानलबाट प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सि. भट्टराई, कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डि.पि अर्याल , बेन्जु श्रेष्ठ, गीता ढकाल र विनोद कार्कीको उम्मेदवारी परेको छ ।

यसपटक नाट्टाको निर्वाचनमा सहमति गर्ने निकै लामो प्रयास गरेपनि सफल हुन सकेको थिएन । मनोनयन दर्ता पछि अर्थ र व्यापार संग कुरा गर्दै अध्यक्षका उम्मेदवार सि.एन पाण्डेले आँफुहरुले अर्को समुहलाई पनि समेटेर सहमती गर्न खोजेपनि पछि अर्को समुहले लुकेर गई मनोनयन दर्ता गरेको वताए । अध्यक्षका अर्का प्रत्याशी शर्माले आँफुहरुलाई व्यवसायिहरुको निकै राम्रो साथ रहेको वताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।