logo

नाट्टाद्वारा मिस टुरिजम–२०१८ का विजेताहरुलाई बधाई ज्ञापन

    1848   पटक पढिएको

१७ भाद्र / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यसमितिको चौधौं पूर्ण बैठकको अवसर पारेर मिस टुरिजम–२०१८ का विजेताहरु लाई बधाई ज्ञापन गरेको छ । नाट्टा सचिवालयमा आयोजित कार्यक्रममा नाट्टाका अध्यक्ष सि.एन.पाण्डे र उपाध्यक्ष संगिता जिरेल वादेले मिस टुरिजम–२०१८ मनिता पौडेल, मिस टुरिजम–२०१८ फस्ट रनर अप प्रकृति ढकाल र मिस टुरिजम–२०१८ सेकेण्ड रनर अप श्रृति थापालाई खादा लगाई बधाई ज्ञापन गरे ।

सो अवसरमा नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले यस कार्यक्रमले पर्यटन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास आँफुले लिएको वताए । पाण्डेले नेपालको पर्यटन क्षेत्रमा प्रवद्र्धनमा मिस टुिरजमका विजेताहरुले सहयोग पु¥याउने आफ्नो अपेक्षा रहेको वताए । कार्यक्रममा नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईं,द्धितिय उपाध्यक्ष संगिता जिरेल वादे र महासचिव रमेश थापाले मिस टुरिजमका विजेताहरुले नेपालको पर्यटन क्षेत्रको विकासमा खेल्नुपर्ने भुमिकाका वारेमा आफ्ना सुझावहरु राखेका थिए ।

कार्यक्रममा मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले विगत तीन वर्षदेखि पर्यटन क्षेत्रमा युवा र महिलाहरुलाई आकर्षित गर्दै आन्तरिक र अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिजमको आयोजना गर्दै आईरहेको वताए । काफ्लेले नाट्टालाई विशेष धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा मिस टुरिजम–२०१८ मनिता पौडेल, फस्ट रनर अप प्रकृति ढकाल र श्रृति थापाले आँफुहरु नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहने वताएका थिए । कार्यक्रममा नाट्टाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

आईतवारको कार्यसमिति बैठकले विशेषगरि पर्यटन क्षेत्रमा कायम रहेको गैह्रकानुनी अपरेशन रोक्ने र फितुरमा नेपालले गर्ने प्रस्तुतीकरणका विषयमा विशेष छलफल हुने महासचिव रमेश थापाले वताए ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।