logo

नाट्टा र हानका पूर्व अध्यक्ष परिषद्को संयुक्त बैठक सम्पन्न

पर्यटनलाई व्यवहारिक रुपमा प्राथमिकताको उद्योगको मान्यता दिन माग

    2369   पटक पढिएको

२६ ज्येष्ठ / अर्थ र व्यापार- 

नेपाल एशोयिशसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र होटल एशोशियसन नेपाल (हान) का पूर्व अध्यक्ष परिषद्को संयुक्त बैठक आईतवार सम्पन्न भएको छ । बैठकले पर्यटन क्षेत्रका समसामयिक विषयहरुमा समान धारणा वनाएर अगाडी बढ्ने निर्णय गरेको छ ।

संयुक्त बैठकले विशेषगरि दुईवटा विषयलाई लागु गराउन पहल गर्ने निर्णय गरेको छ । सरकारले नितिगत रुपमा पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा मान्यता दिएपनि व्यवहारमा लागु नभएकोले व्यवहारिक रुपमा लागु गराउन विशेष लविईङ गर्ने निर्णय गरेको नाट्टाका अध्यक्ष सि.एन पाण्डेले अर्थ र व्यापारलाई वताए ।

त्यसैगरी नेपाल पर्यटन वोर्डमा पर्यटन क्षेत्रका वास्तविक पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गराउनुपर्ने तथा नेपाल पर्यटन वोर्डको पुर्नसंरचना गर्न विशेष पहल गर्ने निर्णय गरेको पाण्डेले वताए । बैठकमा नाटटा पूर्व अध्यक्ष परिषद्का संयोजक आर.आर पाण्डे, नाट्टा अध्यक्ष सि.एन पाण्डे, हान पूर्व अध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्य र हान अध्यक्ष सिर्जना राणाले आगामी दिनमा समान धारणा वनाएर अगाडी बढ्ने सम्झौता समेत गरेका छन । बैठकमा नाट्टाका पूर्व अध्यक्ष र हानका पूर्व अध्यक्षहरु उपस्थित थिए ।

बैठकले आगामी दिनमा पर्यटन क्षेत्रका नितिगत विषयवस्तुहरुमा सुधारका लागी नाटटा पूर्व अध्यक्ष परिषद्का संयोजक आर.आर पाण्डे, नाट्टा अध्यक्ष सि.एन पाण्डे, हान पूर्व अध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्य र हान अध्यक्ष सिर्जना राणा सम्मिलित एक कार्यदल समेत गठन गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।