logo

नाट्टाद्वारा नवनियुक्त पर्यटन सचिव अधिकारी समक्ष एघार बुँदे सुझाव पेश

    2113   पटक पढिएको

१० भाद्र / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) ले संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका नवनियुक्त सचिव केदार बहादुर अधिकारीलाई भेट गरि पर्यटन क्षेत्रमा गर्नुपर्ने कामहरुवारे सुझाव पेश गरेको छ । नाट्टाका अध्यक्ष सि.एन पाण्डेको नेतृत्वमा नाट्टा प्रतिनिधिमण्डलले सचिव अधिकारीलाई एघार बुँदे सुझाव समेत पेश गरेको छ । अध्यक्ष पाण्डले सचिव अधिकारी समक्ष सुझावहरु पेश गरे । 

नाट्टाले दिएको सुझावहरुमा अन्तर्राष्ट्रिय वायू सेवा कम्पनीहरुको टिकेटिङ्ग गर्दा लाग्ने एनक्यु ट्याक्सलाई फेयरमा समायोजन गरि कुल ९% कमिशन ट्राभल एजेन्टसहरुलाई उपलब्ध गराउने गरि सम्बन्धित निकायलाई निर्देशन दिन र आवश्यक व्यवस्था गर्न,   डिजल इन्धन र एलपी ग्यासमा दिई आएको भ्याट फिर्तालाई निरन्तरता दिइनु पर्ने, टुरिस्ट बस टर्मिनलको अविलम्ब निर्माण गर्ने व्यवस्था गरिनुपर्ने, ईसेवा,आईएमईपे, खल्ती जस्ता दर्ता नगरि संचालनमा रहेका अवैध कंपनीहरुबाट भएका ई टिकेटिङ तुरुन्त रोक्नुपर्ने, तथा नेपाल आउन चाहने पर्यटकहरुका लागि अनलाईन भिसा उपलब्ध गराउने प्रावधान तुरुन्त शुरु गरिनु पर्ने उल्लेख छ ।

त्यसैगरि नाट्टाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा खुल्ला गर्ने व्यवस्था गरिनुपर्ने, बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माणकार्य यथाशिघ्र शुरु गरिनु पर्ने, नेपाल वायुसेवा निगमलाई १० वटा विमान खरिद गर्ने आवश्यक व्यवस्था मिलाई राष्ट्रिय ध्वजावाहकको छवीलाई उकास्दै यसलाई सबल बनाइनुपर्ने लगायतको सुझाव पेश गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।