logo

पर्यटन पूर्वाधार निर्माणमा जोड

तत्काल ५० लाख पर्यटन सम्भव छैन

    1715   पटक पढिएको

२९ माघ / अर्थ र व्यापार- पूर्व सञ्चारमन्त्री तथा नेकपा माओवादीका नेता अग्निप्रसाद सापकोटाले नेपालमा ५० लाख पर्यटक भित्र्याउनका लागि पूर्वाधारण निर्माण तथा प्रवद्र्धनात्मक योजना बनाएर अघि बढ्नुपर्ने वताएका छन । समग्र पर्यटन पत्रकारहरुको छाता संस्था राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को सोमबार राजधानीमा सम्पन्न पाँचौ वार्षिक साधारणसभामा बोल्दै उनले मुलुक सम्बृद्धिको दिशातर्फ अगाडी बढिरहेको मुलुकको आर्थिक सम्बृद्धिको प्रमुख आधार पर्यटन रहेको वताए ।

नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा यूवा नेता प्रदिप पौडेलले पर्यटन विकासका लागि नयाँ योजनाका साथ अघि बढ्नुपर्ने बताउँदै पूर्वाधार निर्माणमा राज्यले विशेष जोड दिनुपर्ने वताए । “राज्यले यति पर्यटक ल्याउछु र उत्ति पर्यटक ल्याउछु भनेर लक्ष्यमात्रै लिएर पर्यटन विकास हँदैन, त्यसका लागि आधार तय गरिनुपर्छ”–पौडेलले भने ।


कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले पर्यटन पत्रकारहरुसँगको समन्वय र सहकार्य गरेर अघि बढ्ने वताए । त्यस्तै नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका पूर्व सदस्य राजेन्द्र प्रसाद सापकोटाले पर्यटन पत्रकारहरुले दुरदराजका समाचार लेख्ने वातावरण सिर्जना गरिनुपर्नेमा जोड दिए । उहाँले ५० लाख पर्यटक भित्र्याउने कुरा तत्काल सम्भव नभएको वताए ।

कार्यक्रममा नाटोजका अध्यक्ष शिव अधिकारीले अहिलेकै अवस्थामा पर्यटकको संख्यात्मक बृद्धिको भाषणबाजी गर्नुको कुनै तुक नहरेको बताउँदै त्यसका लागि आधार तयार गर्नुपर्नेमा जोड दिनुभयो । 

सो कार्यक्रममा निर्विरोध रुपमा निर्वाचित नाटोज नयाँ कार्यसमितिलाई पूर्व सञ्चारमन्त्री सापकोटा र नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले माला र अविर लगाएर बधाई तथा शुभकामना दिएका थिए । 

गन्तव्य नेपाल गु्रपका शिव अधिकारीको अध्यक्षतामा निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा प्रदेश नम्बर १ बाट शिखरपोष्ट मिडियाका प्रकाश खालिङ, प्रदेश नम्बर २ बाट राष्ट्रिय समाचार समितिका विकास लोहनी, प्रदेश नम्बर ३ बाट राजधानी दैनिकका मधुजंग पाण्डे, प्रदेश नम्बर ४ बाट रेडियो जननीका विमला भण्डारी, प्रदेश नम्बर ५ बाट रेडियो नेपालका भुषण पोखरेल, प्रदेश नम्बर ६ बाट न्यूज २४ टेलिभिजनका संगम बानियाँ र प्रदेश नम्बर ७ बाट दि राईजिङ नेपाल दैनिकका नारायण उपाध्यय निर्विरोध निर्वाचित भएका छन ।

त्यस्तै महासचिवमा अर्थ र व्यापार साप्ताहिकका नविन काफ्ले, उपमहासचिवमा राससका सिवी अधिकारी, सचिवमा शिखरन्यूज डटकमका सुजन पन्त, कोषाध्यक्षमा मेगा टेलिभिजनका कल्पना महर्जन, सहकोषाध्यक्षमा ईआर्थिक डट कमका तिर्सना  तथा नयाँ कार्यसमितिको सदस्यहरुमा चक्रपथ डट कमका कविता अधिकारी, सगरमाथा टेलिभिजनका श्रीकृष्ण सुवेदी, न्यूजसेवा डटकमका विष्णु पोखरेल, अर्थको अर्थ डट कमका शंकर पण्डित, नेपाल समाचारपत्र दैनिकका दिपेन्द्र थापा, इमेज टेलिभिजनका भरत केसी, फोटो पत्रकार जनार्दन अर्याल र जनतापोष्ट डट कमका किरण बुढाथोकी निर्वाचित भएका छन ।

कार्यक्रममा  पर्यटन धरोहर अवार्डबाट बरिष्ठ पर्यटन व्यवसायी तथा पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेलाई प्रदान गरियो । त्यस्तै माउन्टेन डिलाईट्स टे«क्स एण्ड एक्स्पीडिसनका प्रवन्ध निर्देशक समेत रहेका टुरिजम म्यान अफ दि इयर २०१७ कमल सापकोटा, हिमालयन कैलास ट्राभल्स एण्ड टुर्सका प्रवन्ध निर्देशक टासी गुरुङ, डिके ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार घिमिरे, लिभिङ एडभेन्चर टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक अनिल लामा, बरिष्ठ टुरिष्ट गाइड विष्णु ज्ञवाली र गायिका रानु निरौला लाई सम्मानित गरिएको थियो । 

त्यसैगरी नाटोजले हरेक वर्ष दिदै आएको दश हजार धनराशी सहितको नाटोज पर्यटन पत्रकारिता सम्मान २०७४ बाट रेडियो नेपालका निर्देशक गोविन्द चिमोरियालाई सम्मानित गरिएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।