logo

अव पनि नबने देश कहिले बन्ने ?

नविन काफ्ले / विचार

    4554   पटक पढिएको

आज धेरै ईतिहासमा जान चाहन्न । वि.सं. २०६२÷६३ सालको जनआन्दोलनसंगै मेरो पुस्ता सचेत भएर अगाडी आयो । त्यसअघि के भयो वा के भएन, त्यता पनि जान चाहन्न,कसले यो देशलाई कस्तो बनायो, त्यता पनि नजाऔं तर यो बाह्र वर्षलाई निर्मम भएर समिक्षा गर्नैपर्छ ।

अलिकति व्यक्तिगत प्रसंगमा जाऔं । मसंगै हुर्किएको मेरो पुस्ता जो मेरो विद्यालय तहमा संगै थिए, अधिकांश खाडी वा मलेसिया भासिए । त्यसपछि कलेज दिनका साथीभाईहरु प्लस टु, व्याचलर र मास्टर्स सकेर आ–आफ्ना औकात अनसारका युरोप,अमेरिका वा अष्ट्रेलिया गए । यो क्रम आजका दिनसम्म यथावत नै छ । केहि अहिलेपनि विदेश जान झोलामा डकुमेण्ट बोकेर हिँडेका छन । त्यसपछि लागौं, व्यवसायिक जीवनमा । आफ्नो क्षेत्रमा राम्रै जमेका साथीहरु दिनहुँजसो अमेरिका वा युरोप भासिईरहेकै छन । यो कुरा मेरो सेरोफेरोको मात्र होईन,सायद मेरो पुस्ताको सामुहिक कथा हो । यो कुरा किन पनि विशेष रुपमा उठाईरहेको छु भने सक्षम र दक्ष युवा जनशक्तिलाई दिनहुँ विदेश जान बाध्य बनाएर हामी कसरी,कसका लागी या मुलुक बनाउँछौ भनेर भनिरहेका छौं ?

आखिर किन मेरो पुस्ता जुनसुकै हालतमा पनि नेपाल छोड्ने उद्देश्यमा छ त ? किन यो देशले उनीहरुलाई यहि मुलुकमा बस्ने वातावरण बनाउन सकेके छैन त ? यसको कारण गम्भिर रुपमा खोजी गरिएन भने सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा नारामै सिमित हुनेछ । त्यसका कारणहरुमा जानुभन्दा पहिले वर्तमान पुस्ताको वारेमा केहि विषयवस्तुहरु राख्न चाहन्छु ।   

झोलामा ज्ञानका सर्टिफिकेट बोकर विदेश जानेहरु के देशको माया नभएर विदेश भासिएका हुन त ? पक्कै होईन । मेरो पुस्ता सचेत हुँदै गर्दा देशमा ठूलो राजनीतक परिवर्तन मात्र आएन, विश्वले प्रविधिमा ठूलो फड्को मा¥यो । देशको राजनीतिक परिवर्तन ल्याउन मेरो पुस्ता पनि होमियो । प्रविधिकै कारण पनि मेरो पुस्ताले नेपालै रहेर पनि विश्व संग प्रतिस्पर्धा गर्न सक्ने ज्ञान,सीप र क्षमता आर्जन ग¥यो । तर त्यसलाई व्यवहारिकतामा उतार्ने वेला न यहाँ उसलाई कुनै अवसर छ न उ ज्यु हजुर गरेर यो देशमा आँफुलाई टिकाईमात्र राख्न चाहन्छ । किनकी यो पुस्ता आफ्नो क्षमतामा पूर्णत विश्वस्त छ । देशमै केहि गरौं भनेर उद्यम गर्न चाहनेका लागी न यो देशमा कुनै प्रोत्साहन छ, न त एक्कासी कुनै ठूलो पुँजी नै लगानी गर्न सक्ने अवस्थामा उ छ । कुनै पनि किसिमका अवसरहरु नभएपछि उसको एउटामात्र विकल्प छ, आफ्नो क्षमता अनुसार विदेश जाने । हरेक दिन कति नेपाली युवाहरु विदेश जान्छन,तथ्यांक तिर पनि म जान चाहन्न । तर हरेक दिन योग्य युवा जनशक्ति विदेश पठाएर हामी कस्तो सम्बृद्ध मुलुक निर्माण गर्दै छौं, अवको बहस यसमा गर्न जरुरी छ । 

देशको नेतृत्व गर्नेहरुमा कुनै हतारो देखिँदैन । कहिले संविधान निर्माण, कहिले संक्रमणकाल, कहिले संघियता कार्यान्वयन भन्दा भन्दै आखिर यो पुस्ताको उमेरमा बाह्र वर्ष त थपिईसक्यो । त्यो पनि जीवनको सवैभन्दा उर्जाशील समयमा तर यहाँ कुनै छाँटकाँट यो पुस्ताले देखेकै छैन ,अहँ देखेकै छैन । यहि लेख लेखिरहँदा पनि हजारौं युवाहरुले पक्कै सोचिरहनुभएको छ–अहँ, अव यहाँ केहि हुनेवाला छैन,अव वाटो लाग्नुपर्छ ।

आखिर यो पुस्ता किन यो सोचिरहेको छ त ? उत्तर एउटै छ, यो पुस्तालाई हाम्रो राजनीतिक नेतृत्व, उनीहरुको भिजन, उनको कार्यक्षमता, उनीहरुले गर्ने भाषणमा अव रत्तिभर विश्वासै छैन । यता हाम्रा राजनीतिक नेतृत्व र आगामी दिनमा तयार हुँदै गरेको नेतृत्व, क्षमताका आधारमा होईन, हिजोका राजनीतिक संघर्षमा उनीहरुले पु¥याएको योगदानको आधारमा तयार हुँदैछ, नकि उनीहरुको कार्यक्षमता र भिजनका आधारमा । तर अहिलेको युवा पुस्तालाई अव हतार भईसकेको छ, उनीहरु अव तत्काल रिजल्ट खोजिरहेका छन ।

वर्तमान सरकार निर्माणसंगै जनस्तरमा जुन आशा पलाएको थियो,त्यो हरेक दिन नैराश्यतामा परिणत भईरहेको छ । हाम्रा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरुले जसरी समय लाग्छ, काम हुँदैछ भनिरहेका छन, तर त्यो कुरा जनताले विश्वास गरेकै छैन । किन त ? किनकी यो पुस्ताले देश बन्ने कुनै लक्षण नै देखेकै छैन । आखिर किन यो पुस्तालाई सपना देखाउन सकिएको छैन त ? वर्तमान मन्त्रीपरिषद्का निकै आशा गरिएका मन्त्रीज्युहरुको खस्कदों शाख यसको उदाहरण हो । यत्तिका आशा गरिएका व्यक्तिहरुवाट त केहि हुँदैन भने अव कसको आशामा हामी विश्वस्त हुने भन्नेमा यो पुस्ता पुगेको अनुमान गर्न कुनै अप्ठ्यारो छैन । त्यसैकारण दैनिक रुपमा मेरो देश बनाउने आशालाग्दा युवाहरु विदेशिईरहेका छन ।

हिजोको राजतन्त्रका बेलाका राजावादी दलका कुरा छाडौं,कांग्रेसको कुरा पनि छाडौं, आज दुई तिहाई मतका साथ सरकारको नेतृत्व गरिरहेको दल नेकपाका नेताका छोराछोरीको कुरा गरौं । कसका छोराछोरी नेपालमा छन र कसका विदेशीएका छन त ? पक्कै तपाईं धेरै नेताका छोराछोरी विदेशमा रहेको जानकारी जनताले पाएकै छ । तपाईं आँफैले आफ्ना छोराछोरीलाई यो मुलुकको भविष्यप्रति विश्वस्त पार्न नसकेर विदेश पठाईरहनुभएको छ भने आम युवापुस्ता तपाईंले भनेका र बोलेका कुरामा विश्वस्त भएर कसरी यो मुलुकको सुन्दर भविष्य कुरेर बसिरहने त ? बहस यहि विन्दुवाट सुरु गरौं, समाधान यहिँ वाट सुरु गर्न सन्छि ।

अव के त ?

यो लेखको उद्देश्य कसैलाई दोष दिने होईन,यो मुलुकमा केहि हुनेवाला छैन भनेर निराश वनाउन खोजिएको पनि होईन, हो त खाली हाम्रा युवाहरुमा आशा जगाउन सक्ने केहि त होस भन्ने मात्र चाहना हो । अहिलेको मेरो पुस्ता मेरो बुवाको पुस्ता जस्तो छैन । मेरो बुवाको पुस्ताजस्तो आदर्शमा मात्र अहिलेको पुस्ता छैन । संसार बदलिएको छ, मानव जीवनमा बदलाव आएको छ । प्रविधिमा आएको फड्कोले हाम्रा महत्वाकांक्षाहरु पनि उचालिएका छन । देशको सम्वृद्धिको कुरा गरिरहँदा हरेक व्यक्ति आफ्नो जीवनमा पनि सम्वृद्धि खोजिरहेका छ । हो, त्यसलाई सम्बोधन गर्ने नीति र कार्यक्रम, तत्काल रिजल्ट देखिने केहि काम मात्र गर्न सकेपनि यो पुस्ताले ठूलो आशा देख्नेछ ।

त्यसका लागी तत्काल गर्नुपर्ने कामहरु वारे निम्न सुझावहरु राख्न चाहन्छु ।

१) यो देशमै उद्यम गर्न चाहने युवाहरुका लागी ऋण,अनुदान,सहुलियत जस्ता कुनै न कुनै कार्यक्रम तत्काल ल्याईयोस । यो कार्यक्रम पार्टीका युवाहरुलाई पोस्ने होईन कि विषयगत ज्ञान,सीप र क्षमता भएका युवाहरुलाई प्रोत्साहन गर्नका लागी होस ।
२) हरेक मन्त्रालयहरुवाट एक महिने,दुई महिने,तीन महिने र छ महिने सुधार र निर्माणका योजनाहरु ल्याईयोस र त्यसलाई पुरा गर्न हरेक मन्त्रालयमा अनुगमन तथा निरिक्षण विभाग गठन गरियोस । जसले गर्दा मुलुकमा सुधारका कामहरु भईरहेका छन भन्ने सकारात्मक सन्देशहरु प्रवाहित हुन सकोस र जनतामा आशा जाग्न सकोस ।
३) कर्मचारीतन्त्रमा अपुग क्षमता लाई परिपुर्ती गर्न विषयगत विज्ञहरु राख्ने व्यवस्था गरियोस । 
४) सरकारका मन्त्रीहरुले भाषणमा बोलेका कुराहरुलाई फलोअप गर्ने एउटा विशेष टोलि निर्माण गरियोस,जसले गर्दा मन्त्रीज्युका भाषणहरु अनुसार काम भएको वा नभएको फलोअप गर्ने र नभएको भए तत्काल त्यसलाई प्रभावकारी रुपमा अगाडी बढाउन सकियोस । जसले गर्दा जनताले मन्त्रीज्युहरुका बोलि र व्यवहारमा एकरुपता पाउन सकोस र मुलुकको भविष्यप्रति आशावान बन्न सकोस ।
५) सरकारले प्राथमिकतामा राखेका कृषि,जलस्रोत र पर्यटन क्षेत्रमा सुविधाका विशेष प्याकेजहरु घोषणा गरियोस । जसले गर्दा दिर्घकालिन महत्वका यि क्षेत्रमा आकर्षण वृद्धि हुन सकोस ।
६) दिर्घकालिन ठूला परियोजनाहरुको नियमित अनुगमन प्रभावकारी वनाईयोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।