logo

नबिल बैंकद्वारा ३४ औं वार्षिक साधारण सभा आह्वान, ३४ प्रतिशत लाभांश पारित गर्ने

    1070   पटक पढिएको

६ फागुन /अर्थ र व्यापार - नबिल बैंकले ३४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले फागुन २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साढे ११ बजे ३४ औं वार्षिक साधारण सभा डाकेको छ ।

सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभाका लागि बैंकले फागुन १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार फागुन १३ गतेसम्म कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् ।

यस्तै संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको दश प्रतिशत शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि अनुमोदन गर्दैछ । बैंकले सो शेयर रुपान्तरण गर्न नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भैसकेको जनाएको छ । फागुन ५ गते आइतबार बैंकको साधारण शेयरमूल्य ८०७ रुपैयाँ र संस्थापक शेयरको शेयरमूल्य ७२४ रुपैयाँ रहेको छ । दुई बीचमा प्रतिकित्तामा ८३ रुपैयाँ मूल्यअन्तर रहेको देखिन्छ ।

यस्तै अन्य एजेण्डाहरुको बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन तथा आवश्यक संसोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नाफा नोक्सानी हिसाब सहित बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको सहित एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका रहेका छन्
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।