logo

मोहन लम्साल समुहको प्रतिवद्धता पत्र सार्वजनिक

ट्याक्स,भ्याटको समस्या समाधान गर्ने लम्सालको प्रतिवद्धता

    2657   पटक पढिएको

१० कात्र्तिक÷अर्थ र व्यापार- आगामी कात्र्तिक १२ गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनका अध्यक्षका उम्मेद्वार मोहन लम्साल समुहले एक पत्रकार सम्मेलन र उम्मेदवार परिचय कार्यक्रम गरि चुनावी प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ ।

लम्साल समूहको प्रतिवद्धता पत्रमा ट्याक्स–भ्याटका समस्या समाधान, टानको संस्थागत सुदृढिकरण, पर्वतीय पर्यटन पूर्वाधार निर्माण देखि मजदुर र पर्यटन व्यवसायीका समस्या समाधान सम्मका विषय समावेश गरिएको छ । 

मुलुकको संघीय संरचना अनुसार पर्वतीय पर्यटनक क्षेत्रमा देखिन थालेका थप देखिन सक्ने शूल्क, स्थानीय कर तथा अन्य स्थानीय शूल्कका विषयलाई राज्य र पर्यटन व्यवसायीको समेत सल्लाह र सुझावका आधारमा समाधान खोज्ने, पदयात्रा, पर्वतारोहण, राष्ट्रिय निकुञ्ज प्रवेश लगायतका सबै अनुमति पत्र एकद्वार प्रणाली मार्फत व्यवस्था गर्ने, टानको आन्तरिक व्यवस्थालाई थप सृदृढ बनाउने, राजनीतिकरण र राजनीतिक प्रभावबाट टानलाई मूक्त राख्ने उल्लेख छ । 


त्यस्तै प्रतिवद्धता पत्रमा टिम्सबाट संकलित रकमको केही अंश अनिवार्य रुपमा अन्तर्रा्ष्ट्रिय प्रवद्र्धमा खर्च गर्ने व्यवस्था गर्ने, नेपालको पर्वतीय पर्यटन सम्बन्धि गुणस्तरिय सामाग्रीहरु निर्माण गरि राष्ट्रिय अन्तर्रा्ष्ट्रिय विभिन्न माध्यमद्वारा प्रवद्र्धन गर्ने, मजदुर संघ–संगठनहरुसँग सम्पर्क र सहकार्य गरि मजदुर र व्यवसायी बीच सुमधुर सम्बन्ध विकास गर्ने, विस्तापित पदमार्गहरुको सट्टमा बैकल्पिक पदमार्गहरुको विकास गरिने पत्रमा उल्लेख छ । 

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ पर्यटन व्यवसायीद्वय केशव पाण्डे र सागर पाण्डेले मोहन लम्साल समुहको टिम व्यवसायीक र टानलाई गति दिन सक्ने गैरराजनीतिक समुह भएकोले उक्त समुहलाई अत्याधिक बहुमतले विजयी गराउन आफुहरु लागि परेको बताए । 

त्यसैगरी अध्यक्षका प्रत्यासी मोहन लम्सालले टानलाई नयाँ गति र दिशा दिन आफ्नो समुह सक्षम रहेको बताउँदै पदयात्रा व्यवसायीहरुको तमाम समस्याहरुको समाधान गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताए । लम्सालले आँफु निर्वाचित भएर आएमा अहिले सरकारी निकायहरुले ट्रेकिङ कम्पनीहरुलाई ट्याक्स र भ्याटको नाममा दिएको दिएको दुःख समाधानका लागी सक्दो पहल गर्ने वताए । 

लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितीय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी र सह–कोषाध्यक्षमा किरण धरेल रहेका छन । त्यस्तै लम्साल समुहको कार्यसमिति सदस्यहरुमा शेर बहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जाङबु शेर्पा, जंग बहादुर लामा, आङबाबु शेर्पा, रितु ग्याङदेम, सुर्य बहादुर थापा, कुल प्रसाद सुवेदी र सरोज कट्टेल रहेका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।