logo

यस्ता छन लम्साल र दाहालका विशेषता

    1489   पटक पढिएको

१० कात्र्तिक/ अर्थ र व्यापार- ट्रेकिङ एजेन्सि एशोशियसन अफ नेपाल (टान) को आगामी कात्र्तिक १२ गते हुने निर्वाचनका लागी मोहन लम्साल र नवराज दाहाल प्यानल सहित प्रतिस्पर्धामा छन । टानको खस्किदो गरिमा लाई माथि उचाल्न र नेपालको पदयात्रा पर्यटन क्षेत्रको विकास गर्न योग्य र सक्षम नेतृत्व आउनुपर्ने अपेक्षा आम पदयात्रा पर्यटन व्यवसायिको माग छ ।

मोहन लम्साल,टान अध्यक्षका उम्मेदवार
विगत २५ वर्ष देखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल मोहन लम्साल पर्यटन क्षेत्रमा चर्चित नाम हो । मकालु एडभेन्चर प्रा.लि.का प्रबन्ध निर्देशक लम्साल ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्व महासचिव समेत हुन । लम्साल पदयात्रा पर्यटनको विषयमा विशेष ज्ञान राख्नुका साथै समग्र पर्यटन क्षेत्र र नेपालको पर्यटन क्षेत्रलाई कसरी अगाडी बढाउनुपर्छ भन्नेमा भिजन भएका व्यक्तिका रुपमा परिचित छन । स्नात्तकोतर सम्मको अध्ययन गरेको लम्साल सामाजिक काममा पनि उत्तिकै सक्रिय छन । लम्सालको परिचय राजनीतिक रुपमा भन्दा पनि सफल व्यवसायको रुपमा व्यवसायिक छवि छ । उनी टिम्स लगायतका विषयमा विशेष जानकार मानिन्छन । सफ्ट स्वभावका लम्साल निर्णय गर्नुपूर्व सरसल्लाह गर्ने र सामुहिक नेतृत्वमा संघ–संस्था चल्नुपर्ने धारणा राख्छन । 

नवराज दाहाल ,टान अध्यक्षका उम्मेदवार
नेपाल ईन्भाईरोमेण्टल ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक दाहालले यस अगाडी पनि टानको महासचिव पदमा रहेर काम गरिसकेका छन । माओवादी केन्द्र निकट पर्यटन व्यवसायिहरुको संस्था नेपाल पर्यटन व्यवसायि संगठनको संयोजक समेत रहेका दाहालको छवि व्यवसायिक र राजनीतिक दुवै छ । स्नात्तकोत्तर सम्म अध्ययन गरेका उनी कुटनिटिक क्षेत्रमा पनि सक्रिय छन । पदयात्रा पर्यटन क्षेत्रको विषयमा उनलाई राम्रो ज्ञान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।