logo

एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा मोहन गुरुङ नियुक्त

    1819   पटक पढिएको

१५ असार / अर्थ र व्यापार – एसियाली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा नेपाली मूलका मोहन गुरुङ ३ वर्षको लागि नियुक्त भएका छन् । अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई उक्त पदमा पून नियुक्त गरेका हुन् ।

गुरुङको पहल मा अमेरिकाको वाशिङ्गटन राज्यले नेपाली भाषालाई अंग्रेजी भाषापछि द्वितिय भाषाको क्रेडिट पाउने सुविधा प्रदान गरेको थियो । यो क्रेडिट १२ कक्षा सम्मको लागि मान्य हुन्छ । उनको आफ्नो योजनामा १२ कक्षासम्मको विद्यार्थीहरुले पढ्न, लेख्न र बोल्न सक्ने स्तरको स्कुल सन्चालन गर्ने, परिक्षा दिनको लागि परिक्षा केन्द्रको ब्यबस्थापन गर्ने, कम्युनिटी सेन्टरको ब्यबस्था, सानोतिनो ब्यापारको ब्यबस्थापन, वृद्धााश्रम सञ्चालन, बालबालिकालाई लागूपदार्थ तथा मानसिक रोगको रोकथामजस्ता बिषयहरुमा केन्द्रित हुने छ ।

चालिस बर्षको इतिहासमा उक्त पदमा नियुक्ति पाउने गुरुङ पहिलो नेपाली मूलका व्यक्ति हुन् । सियाटल वाशिङ्गटनमा बसोबास गर्दै अँएका गुरुङसँग चिकित्साक्षेत्र अन्तर्गत वीर अस्पतालमा झण्डै डेढ दशक सेवा गरेको अनुभव छ ।

सन् १९९९ मा नेपाल सियाटल समाज स्थापना गरेर विभिन्न संस्थासँग आवद्ध रहेका उनी गुरुङ नेपाली जनसम्पर्क समिति वाशिङ्गटन च्याप्टरका पूर्व सल्लाहकार समेत हुन् । नेपाल सरकारबाट रामेछाप र उदयपुरमा गएको भूकम्पमा मानवीय सहायता गरे वापत गुरुङ सम्मानित भएका थिए। ३२ बर्षको इतिहासमा यो सम्मान प्राप्त गर्ने गुरुङ पहिलो नेपाली समेत हुन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।