logo

मिस टुरिजम–२०१९ को उपाधी आरजु पोखरेललाई

    1590   पटक पढिएको

२५ श्रावण / अर्थ र व्यापार संवाददाता- प्वाईन्ट मिडिया प्रा.लि.द्वारा आयोजित मिस टुरिजम २०१९ को उपाधी आरजु पोखरेलले जितेकी छन । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन पाण्डेद्वारा सोधिएको नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर्ने प्रमुख तिन कामहरु के–के हुन भन्ने प्रश्नको उत्तर दिँदै आरजुले मिस टुरिजम–२०१९ को उपाधी जितेकी हुन । यो संगै पोखरेलले मिस डिसिप्लिन र मिस फ्रेण्डसिपको उपाधी पनि हात पारिन ।

त्यस्तै मिस टुरिजम–२०१९ फस्र्ट रनर अपमा युसिका तुलाधर र सेकेण्ड रनर अप सविता न्यौपाने छनौट भईन । तुलाधरले मिस ट्यालेन्ट र न्यौपानेले मिस पर्सनालिटिको उपाधी पनि प्राप्त गरिन । त्यसैगरी फोटोजेनिकमा अर्पना पोखरेल,फिगरमा लक्ष्मि थिङ,स्माईलमा करिना प्याथा,वाकमा रविना सुवाल,कन्फिडेन्टमा विजया खनाल,पपुलर च्वाईसमा लक्ष्मि श्रेष्ठ र ईन्टेलिजेन्टमा शान्ति तिमिल्सिना छनौट भए । 

विजेताहरुलाई प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्ले,नेपाल पर्यटन वोर्डका सञ्चालक दीपक महत र अर्थवाउण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिम्खडाले नगद क्रमशः ५० हजार,३० हजार,२० हजार प्रदान गरे ।
नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने र युवाहरुलाई नेपालको पर्यटन क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले विगत सन् २०१६ देखि प्वाईन्ट मिडियाले मिस टुरिजम २०१९ को आयोजना गदै आईरहेको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।

मिस टुरिजमको ग्राण्ड फाईनलको निर्णायकहरुमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्ज (नाट्टा) का अध्यक्ष सि.एन पाण्डे,ग्रिकका अवैतनिक वाणिज्यदुत तथा अग्रज पर्यटन व्यवसायि विक्रम पाण्डे,गाउँ पर्यटन प्रवद्र्धन मञ्च (नेपाल) का पूर्व अध्यक्ष कमल सापकोटा,टानका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, मिस नेपाल–२००० उषा खड्गी,टानका पूर्व महासचिवहरु सागर पाण्डे र मोहन लम्साल,नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ,युवा पर्यटन व्यवसायीहरु राजन सिम्खडा र अञ्जन थापा(कुमार) रहेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।