logo

मिस टुरिजम–२०१८ को आवेदन खुल्ला

    2333   पटक पढिएको

२ श्रावण / अर्थ र व्यापार संवाददाता- प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २०७५ भदौ २ गते आयोजना गर्न गईरहेको “मिस टुरिजम–२०१८” का लागी आज श्रावण २ गते वाट देशभर आवेदन खुल्ला गरिएको छ । प्वाईन्ट मिडियाले बुधवार एक  पत्रकार सम्मेलन गरि मिस टुरिजमका लागी आवेदन खुल्ला गरिएको जानकारी दिएको हो । प्वाईन्ट मिडिया प्रा.लि.ले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले “मिस टुरिजम–२०१८” को आयोजना गर्न लागेको जनाएको छ । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि,पर्यटन क्षेत्रमा नयाँ अवसरहरु सिर्जना गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने प्वाईन्ट मिडिया प्रा.लिका प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।

मिस टुरिजम–२०१८ को आवेदन खुल्ला गरिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दिपक महतले आयोजनाको तीन वर्षमै मिस टुरिजमले चर्चा बटुलेको भन्दै नेपाल पर्यटन वोर्डका विदेशमा हुने ट्राभल फेयरहरुमा मिस टुरिजमका विजेताहरुलाई सहभागी गराउन आवश्यक रहेको वताए । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन.पाण्डेले मिस टुरिजमलाई नयाँ पर्यटन प्रोडक्टको रुपमा विकास गर्न आवश्यक रहेको वताए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले मिस टुरिजमले छोटो समयमा नै राम्रो चर्चा बटुल्न सफल भएकोले नेपाल पर्यटन वोर्ड,निजी क्षेत्र र आयोजक समेतको सहकार्यमा यसलाई अझ प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरमा लैजान आवश्यक रहेको वताए ।

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव सागर पाण्डेले मिस टुरिजमलाई पर्यटन क्षेत्रमा दक्ष जनशक्ति निर्माण र पूर्ति गर्ने दिशामा प्रभावकारी वनाउन सके पर्यटन क्षेत्रलाई सहयोग पुग्ने वताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया, नेपालमा नौला पर्यटनका परिकल्पनाकार विक्रम पाण्डे, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) का बरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी लगायतले मिस टुरिजम–२०१८ को सफलताको कामना गर्दै यसले नेपालको पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य पम्फा धमला, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष सिताराम सापकोटा, नेपाल योग एशोशियसनका उपाध्यक्ष अञ्जन थापा (कुमार), पर्वतिय प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक लाक्फुटी शेर्पा, रिभरफन विच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारी, होटल ब्लिस ईन्टरनेशनलका प्रबन्ध निर्देशक विष्णु पाण्डे, अल्पाईन कैलाश ट्रेक्स प्रा.लि.प्रबन्ध निर्देशक प्रदिप पण्डित लगायतको उपस्थिति रहेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।