logo

मिस टुरिजम–२०१८ को आवेदन खुल्ला

    2025   पटक पढिएको

२ श्रावण / अर्थ र व्यापार संवाददाता- प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २०७५ भदौ २ गते आयोजना गर्न गईरहेको “मिस टुरिजम–२०१८” का लागी आज श्रावण २ गते वाट देशभर आवेदन खुल्ला गरिएको छ । प्वाईन्ट मिडियाले बुधवार एक  पत्रकार सम्मेलन गरि मिस टुरिजमका लागी आवेदन खुल्ला गरिएको जानकारी दिएको हो । प्वाईन्ट मिडिया प्रा.लि.ले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले “मिस टुरिजम–२०१८” को आयोजना गर्न लागेको जनाएको छ । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि,पर्यटन क्षेत्रमा नयाँ अवसरहरु सिर्जना गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने प्वाईन्ट मिडिया प्रा.लिका प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।

मिस टुरिजम–२०१८ को आवेदन खुल्ला गरिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दिपक महतले आयोजनाको तीन वर्षमै मिस टुरिजमले चर्चा बटुलेको भन्दै नेपाल पर्यटन वोर्डका विदेशमा हुने ट्राभल फेयरहरुमा मिस टुरिजमका विजेताहरुलाई सहभागी गराउन आवश्यक रहेको वताए । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन.पाण्डेले मिस टुरिजमलाई नयाँ पर्यटन प्रोडक्टको रुपमा विकास गर्न आवश्यक रहेको वताए । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले मिस टुरिजमले छोटो समयमा नै राम्रो चर्चा बटुल्न सफल भएकोले नेपाल पर्यटन वोर्ड,निजी क्षेत्र र आयोजक समेतको सहकार्यमा यसलाई अझ प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरमा लैजान आवश्यक रहेको वताए ।

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव सागर पाण्डेले मिस टुरिजमलाई पर्यटन क्षेत्रमा दक्ष जनशक्ति निर्माण र पूर्ति गर्ने दिशामा प्रभावकारी वनाउन सके पर्यटन क्षेत्रलाई सहयोग पुग्ने वताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रामशरण थपलिया, नेपालमा नौला पर्यटनका परिकल्पनाकार विक्रम पाण्डे, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल(टान) का बरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी लगायतले मिस टुरिजम–२०१८ को सफलताको कामना गर्दै यसले नेपालको पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य पम्फा धमला, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष सिताराम सापकोटा, नेपाल योग एशोशियसनका उपाध्यक्ष अञ्जन थापा (कुमार), पर्वतिय प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक लाक्फुटी शेर्पा, रिभरफन विच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारी, होटल ब्लिस ईन्टरनेशनलका प्रबन्ध निर्देशक विष्णु पाण्डे, अल्पाईन कैलाश ट्रेक्स प्रा.लि.प्रबन्ध निर्देशक प्रदिप पण्डित लगायतको उपस्थिति रहेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।