logo

त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दै मेलम्ची खानेपानी आयोजना, माघ मसान्तसम्म काठमाडौंमा पानी झार्ने

    2111   पटक पढिएको

२७ कात्तिक/अर्थ र व्यापार– मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः परीक्षण आगामी महिना भित्रमा गरिने भएको छ ।  

गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागेको हो । त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्म सकिने बताएको छ । 

खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले आगामी महिना भित्रमा पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएकोे बताए । 

प्रवक्ता शाक्यले मङ्सिरसम्ममा त्रुटि सच्याउने सकिए पनि सुरुङमा पानी पठाउन थालेको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने भएकाले काठमाडौंमा पानी झार्ने मिति माघ मसान्तसम्म लाग्ने जानकारी दिए । 

मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने शाक्यले जानकारी दिए । शाक्यले पानी भित्र भरिएर केही दिन राख्दा कतै समस्या नदेखिए मात्रै पानी झारिने बताए । 

प्रवक्ता शाक्यले सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए । 

शाक्यले दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा साढे आठ करोड लिटर क्षमताको दुई वटा ट्याङ्की निर्माण भइसकेको बताए । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनले जानकारी दिए । 

यसअघि सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा असार २१ मा सुरुङमा पानी पठाउने क्रममा ३० असारमा दुर्घटना भएको थियो । दुर्घटनाका कारण इञ्जिनीयर सतीश गोहित घटनाको भोलिपल्ट मृत फेला परेका थिए भने सवारीचालक राधाकृष्ण थापामगर अझै बेपत्ता छन् ।

आयोजनामा यस पहिले काम गरेको इटालियन कम्पनी सीएमसीकोे ठेक्का रद्द भए पछी आयोजनाको बाँकी काम सम्पन्न गर्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले जिम्मेवारी लिएको हो ।

चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अहिले ‘हेडबक्स’ निर्माण गरिरहेको छ । ‘हेडबक्स’ सकिन अझै छ महिना लाग्ने हुँदा अस्थायी बाँधबाट पानी पथान्तरण गरिनेछ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।