logo

‘महिन्द्रा उदय २०१९’ मार्फत महिन्द्रा कम्पनीले ३३ भन्दा बढी उत्पादन प्रदर्शन गर्ने  

    1074   पटक पढिएको

 ९ फागुन /अर्थ र व्यापार - महिन्द्रा कम्पनीले ‘महिन्द्रा उदय २०१९’ मार्फत नेपालको आधिकारीक विक्रेता अग्नि इन्कर्पोरेटेड, एमभी दुगर ग्रुप र स्वराज पार्टनरको संयुक्त आयोजनामा शुक्रबारदेखि ३३ भन्दा बढी उत्पादन प्रदर्शन गर्ने भएको छ । यसअघि श्रीलंकामा आफ्नो उत्पादन एकल प्रदर्शन गरेको कम्पनीले यो वर्ष नेपालमा वृहत रुपमा ‘महिन्द्रा उदय २०१९’ मार्फत उत्पादन प्रदर्शन गर्न लागेको अग्नि इन्कर्पोरेटेडका बजार प्रमुख सिजन न्यौपानेले जानकारी दिए । उनका अनुसार यस प्रकारको मेला नेपाल अटो जगतमै पहिलो पटक आयोजना हुन लागेको हो ।

मुलुकभर महिन्द्राको सेवाग्राहीसँगै सर्वसाधरणलाई महिन्द्राको उत्पादन बारे विस्तृत जानकारी र जीवनशैलीमा आधारित मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने योजना रहेकाले सर्वसाधारणले नौलो अनुभव गर्न सक्ने न्यौपानेले बताए। ‘महिन्द्रा उदय २०१९’ सर्वसाधरणलक्षित मेला हो । यो मेलामार्फत सर्वसाधरणलाई नयाँ अनुभव लिन सक्नेछन् । उनका अनुसार ११ वटा फुडस्टल रहने मेलामा ३० रुपैयाँदेखि तीन सय ५० रुपैँयाँसम्मको परिकारको स्वाद लिन सक्नेछन् । इन्टरनेट मार्फत बाट   www.mahindraudaya.com  इन्ट्रि गर्ने सर्वसाधरणले मेलामा निशुल्क भाग लिन सक्ने कम्पनीले जनाएको छ । शुक्रबारदेखि आइतबारसम्म आयोजना हुन लागेको मेलाको सेवा शूल्क भने प्रति व्यक्ति एक सय रुपैयाँ राखिएको छ ।  

एउटै मेलामार्फत महिन्द्राको एकल उत्पादन सहित सुचना र विकास चरणलाई सर्वसाधरण माझ प्रस्तुत गर्ने मेलाको मूल उद्धेश्य रहेको उनले बताए । मेलामा कम्पनीले सर्वसाधरणको मागलाई केन्द्रित गर्दै भारतमा गत साता सार्वजनिक भएको महिन्द्राको एक्सयुभी थ्री डबल ओ र केहि महीना अगाडि भारतमा सार्वजनिक भएको मराज्जो प्रदर्शनमा राख्न लागिएको आयोजक कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार चार हजार पाँच सय ८५ एमएम लम्बाई र १८ सय ९० एमएम चौडाई भएको यो गाडीको उचाई १७ सय ८५ एमएम रहेको छ भने ह्विल बेस २७ सय एमएम रहेको छ । ग्राहकले गाडीमा डुअल जोन क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, मनोरञ्जनको लागि इन्फोटेन्मेन्ट सिस्टम, एयरकन्डिसन, फ्रन्ट एण्ड रियर आर्मरेस्ट, पार्किङ सेन्सर लगायतका नयाँ प्रविधिको सुविधा लिन सक्ने कम्पनीको दाबी रहेको छ । पेट्रोल र डिजल दुवै भर्सनमा रहेको गाडीको प्रत्येक भर्सनको चारवटा भेरियन्ट रहेको कम्पनीले बताएको छ ।   

गाडीको लम्बाई ४५ सय ८५ एमएम र चौडाइ १८ सय ९० एमएम रहेको गाडीको उचाई १७ सय ८५ एमएम रहेको छ भने व्हिल वेस २७ सय ६० एमएम रहेको छ । गाडीमा ग्राहकको सुरक्षा लक्षित एयरब्याग, एन्टिलकीङ ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, सेन्ट्रल लकिङ लगायतका सुविधा समावेश गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।