logo

‘महिन्द्रा उदय २०१९’ मार्फत महिन्द्रा कम्पनीले ३३ भन्दा बढी उत्पादन प्रदर्शन गर्ने  

    1402   पटक पढिएको

 ९ फागुन /अर्थ र व्यापार - महिन्द्रा कम्पनीले ‘महिन्द्रा उदय २०१९’ मार्फत नेपालको आधिकारीक विक्रेता अग्नि इन्कर्पोरेटेड, एमभी दुगर ग्रुप र स्वराज पार्टनरको संयुक्त आयोजनामा शुक्रबारदेखि ३३ भन्दा बढी उत्पादन प्रदर्शन गर्ने भएको छ । यसअघि श्रीलंकामा आफ्नो उत्पादन एकल प्रदर्शन गरेको कम्पनीले यो वर्ष नेपालमा वृहत रुपमा ‘महिन्द्रा उदय २०१९’ मार्फत उत्पादन प्रदर्शन गर्न लागेको अग्नि इन्कर्पोरेटेडका बजार प्रमुख सिजन न्यौपानेले जानकारी दिए । उनका अनुसार यस प्रकारको मेला नेपाल अटो जगतमै पहिलो पटक आयोजना हुन लागेको हो ।

मुलुकभर महिन्द्राको सेवाग्राहीसँगै सर्वसाधरणलाई महिन्द्राको उत्पादन बारे विस्तृत जानकारी र जीवनशैलीमा आधारित मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने योजना रहेकाले सर्वसाधारणले नौलो अनुभव गर्न सक्ने न्यौपानेले बताए। ‘महिन्द्रा उदय २०१९’ सर्वसाधरणलक्षित मेला हो । यो मेलामार्फत सर्वसाधरणलाई नयाँ अनुभव लिन सक्नेछन् । उनका अनुसार ११ वटा फुडस्टल रहने मेलामा ३० रुपैयाँदेखि तीन सय ५० रुपैँयाँसम्मको परिकारको स्वाद लिन सक्नेछन् । इन्टरनेट मार्फत बाट   www.mahindraudaya.com  इन्ट्रि गर्ने सर्वसाधरणले मेलामा निशुल्क भाग लिन सक्ने कम्पनीले जनाएको छ । शुक्रबारदेखि आइतबारसम्म आयोजना हुन लागेको मेलाको सेवा शूल्क भने प्रति व्यक्ति एक सय रुपैयाँ राखिएको छ ।  

एउटै मेलामार्फत महिन्द्राको एकल उत्पादन सहित सुचना र विकास चरणलाई सर्वसाधरण माझ प्रस्तुत गर्ने मेलाको मूल उद्धेश्य रहेको उनले बताए । मेलामा कम्पनीले सर्वसाधरणको मागलाई केन्द्रित गर्दै भारतमा गत साता सार्वजनिक भएको महिन्द्राको एक्सयुभी थ्री डबल ओ र केहि महीना अगाडि भारतमा सार्वजनिक भएको मराज्जो प्रदर्शनमा राख्न लागिएको आयोजक कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार चार हजार पाँच सय ८५ एमएम लम्बाई र १८ सय ९० एमएम चौडाई भएको यो गाडीको उचाई १७ सय ८५ एमएम रहेको छ भने ह्विल बेस २७ सय एमएम रहेको छ । ग्राहकले गाडीमा डुअल जोन क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, मनोरञ्जनको लागि इन्फोटेन्मेन्ट सिस्टम, एयरकन्डिसन, फ्रन्ट एण्ड रियर आर्मरेस्ट, पार्किङ सेन्सर लगायतका नयाँ प्रविधिको सुविधा लिन सक्ने कम्पनीको दाबी रहेको छ । पेट्रोल र डिजल दुवै भर्सनमा रहेको गाडीको प्रत्येक भर्सनको चारवटा भेरियन्ट रहेको कम्पनीले बताएको छ ।   

गाडीको लम्बाई ४५ सय ८५ एमएम र चौडाइ १८ सय ९० एमएम रहेको गाडीको उचाई १७ सय ८५ एमएम रहेको छ भने व्हिल वेस २७ सय ६० एमएम रहेको छ । गाडीमा ग्राहकको सुरक्षा लक्षित एयरब्याग, एन्टिलकीङ ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, सेन्ट्रल लकिङ लगायतका सुविधा समावेश गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।