logo

स्थानीय तहमा बजेट दुरुपयोगको उच्च जोखिम, नियमन गर्ने संयन्त्रको अभाव

    1458   पटक पढिएको

१७ आषाढ/अर्थ र व्यापार– नियमन गर्ने संयन्त्र नहुँदा स्थानीय तहमा विनियोजित बजेट आर्थिक बर्षको अन्तिममा आएर दुरुपयोग हुने संभावना बढेको छ।
स्थानीय तहले गर्ने खर्च नियमन गर्ने संयन्त्र नहुनु र  स्थानीय तहमा विनियोजित बजेट आर्थिक वर्षको अन्तिम सम्म आधा पनि खर्च नहुनुले आर्थिक बर्षको अन्तिममा आएर जथाभावी रुपमा खर्च भई दुरुपयोग हुने संभावना बढेको हो। 

स्थानीय तहलाई केन्द्र सरकारले ४ किसिमका अनुदान उपलब्ध गराउने संवैधानिक व्यवस्था भए पनि उनीहरुको खर्चमा कडाई गर्ने अधिकार संघीय सरकारलाई छैन। जसका कारण स्थानीय तहहरु आफूले रोजेका ठाउँमा खर्च गर्न स्वतन्त्र छन्। शशर्त अनुदान खर्चमा सीमा भए पनि वित्तीय समानीकरण अनुदानमा भने केन्द्रको कुनै हस्तक्षेप हुँदैन।

स्थानीय तहलाई चालु आर्थिक वर्षमा शशर्त र वित्तीय समानीकरण अनुदानका रुपमा पठाइएको २ अर्ब २५ करोड रुपैयाँमध्ये जेठ मसान्तसम्मा त्यसको आधा पनि खर्च नभएको अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

असार १० गते आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा स्थानीय तहले चालु वर्षको बचत बजेट कम देखाएको भेटिएकाले असारमा अधिक खर्चको संभावना देखिएको हो। 

अर्थ मन्त्रालयको अन्तर्सरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख हरिप्रसाद बस्याल खर्च गर्न नसकेको पैसा ’फ्रिज’ नहुने भएकाले आउँदो वर्ष त्यो बजेट सदुपयोग गर्न सकिने तर यो वर्ष नै सबै सक्छु भन्ने हो भने बजेट दुरुपयोग हुन सक्ने बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।