logo

त्रिभुवन विमानस्थल सुधार सम्बन्धि पर्यटन मन्त्रीलाई पत्र

राजन सिम्खडा

    4203   पटक पढिएको

पर्यटन मन्त्री श्री रविन्द्र अधिकारी ज्यु,
नमस्कार

सबैभन्दा पहिले त तपाईजस्तो केहि गरौं भन्ने युवा संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । तर विगत दुई दशक देखि यो देशको पर्यटन व्यवसायमा सक्रिय व्यवसायिको नाताले तपाईंलाई बधाईका शब्द मात्र दिनुभन्दा पनि तपाईं सफल बन्न के गर्नुपर्छ भन्ने विषयमा केहि सुझावहरु पनि संगै राख्न चाहन्छु । जव कुनै विदेशी पर्यटक नेपाल भित्रन्छ,उसले सुरुमा देख्ने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो,जुन विभिन्न कारण वाट प्राय समस्याग्रस्त हुने गरेको छ । त्यसैले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार सम्बन्धि केहि सुझावहरु राख्न चाहन्छु ।

मन्दिरमा सबैभन्दा पहिला टल्कने गजुर हो तर त्यो एकैचोटि बन्दैन । गजुर मन्दिरको छानोमा हुन्छ । छानोलाई गारोले अड्याउँछ, गारोलाई जगले । सुरुमा जग बन्नुपर्छ । त्यसपछि गारो, झ्याल, ढोका, टँुडाल, तोरण, छाना बनाइन्छ र अन्त्यमा गजुर जडिन्छ । ठीक त्यसैगरी पर्यटन उद्योगको गजुर भनेको पर्यटकीय गन्तव्य हो । त्यसको जग अर्थात प्रारम्भिक विन्दुचाहिं विमानस्थल । पर्यटकलाई सबैभन्दा पहिले स्वागत गर्ने विमानस्थल र सीमा नाकाहरु हुन् । 

दुःखको कुरा, हाम्रो त्यही जग नै कमजोर छ । हामीसँग जम्मा एउटा अन्तर्राष्ट्रिय विमानस्थल छ, त्यो पनि साह्रै गएगुज्रेको । साँच्चै भन्दा हाम्रो पर्यटन क्षेत्रको दशा नै विमानस्थलको दुर्दशाबाट सुरु हुन्छ । नेपाल कति सुन्दर होला भन्ने कल्पना गर्दै उत्साहसाथ आउने पर्यटकलाई विमानस्थल  ओर्लनासाथ ‘पहिलो गाँसमै ढुङ्गा’ लाग्छ । अब हामीले सेवा सुधारको प्रारम्भ पर्यटकहरूप्रति विमानस्थलमा गरिने व्यवहार र सेवास्तर परिवर्तनबाट गर्नुपर्छ ।

विदेशका विमानस्थलमा अध्यागमनको काम फटाफट हुन्छ । पर्यटकलाई हार्दिकतापूर्वक स्वागत गरिन्छ तर हाम्रो विमानस्थलमा कहिल्यै हार्दिक र चुस्त स्वागत हुँदैन । 

अध्यागमनका कर्मचारीको मनोवृत्तिमा तत्काल परिवर्तन गराइ सेवाग्राहीमुखी बनाइनुपर्छ । हाम्रो विमानस्थलमा अध्यागमनपछि ब्यागेज कलेक्सन गर्नु अर्को झन्झटको काम हो, एकदमै ढिलो । पर्यटक दिक्क मानिरहेका हुन्छन् । कतै धारा बिग्रेको, कतै फोहरैफोहर । स–साना लाग्ने यस्ता कुराले पर्यटक भडकाउँछ । त्यसैले यस्ता कुरामा तत्काल सुधार आवश्यक छ । जगै नहाली गजुर कसरी ठडिन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बारम्बार समस्या आईरहन्छ । बारम्बार भईरहने यस्ता दुर्घटनाले विश्वभर नकारात्मक सन्देश प्रवाहित भईरहेको छ । सन २०२० सम्ममा तपाईंले १५ लाख पर्यटन भित्र्याउने लक्ष्य राखिरहँदा यस्तो बिमानस्थलको यो अवस्था पटक्कै सुहाँउँदैन । त्यसैले अहिले विमानस्थलमा भईरहेका सम्पूर्ण कामहरुको तपाईंले नियमित रुपमा अनुगमन गर्न जरुरी छ ।

हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको अर्को मुख्य समस्या ट्राफिकिङको हो । त्यसलाई राज्यले चाह्यो भने व्यवस्थि तगर्न कुनै अप्ठ्यारो छैन । हाल आयल निगमको डिपो भएको स्थानमा वा उपयुक्त स्थानमा अर्को रनवे तत्काल निर्माण अगाडी बढाउन जरुरी छ । त्यसका लागी जहाज पार्किङ स्थल र भन्सारलाई तीनकुनेको खुल्ला स्थान वा अन्यत्र सार्न सकिन्छ । यसमा अध्ययन गरे अझ उपयुक्त स्थान पनि फेला पार्न सकिन्छ । राज्यले चाह्यो भने पूर्वाधार निर्माण सम्भव छ । सन २०३० सम्म ५० लाख पर्यटक भित्र्याउने हो भने पूर्वाधार निर्माण गर्नैपर्छ,पूर्वाधारको निर्माण विना पर्यटन क्षेत्रको विकास सम्भवै छैन ।

तपाईं मन्त्री भएपछि विमानस्थल २१ घण्टा सञ्चालन गर्ने योजना ल्याउनुभएको छ । त्यो स्वागत योग्य छ । सरकारले चाह्यो भने हरेक एयरलाईन्सहरुको ल्यान्ड गर्ने समय उचित ढंगले व्यवस्थापन गरेर तोक्न सकिन्छ,त्यसले गर्दा ट्राफिकिङको समस्या अन्त्य भएर लखनउ वा बंगलादेश डाईभर्ट गर्नुपर्दैन ।   

हाम्रो विमानस्थलभित्रै पर्यटक लिन जाने चलन छ । त्यसले पनि भिडभाड बढाएको छ । एक जना मानिस लिन वा पु¥याउन धेरै जना जाने चलन छ । यसलाई कम गर्न प्रतिव्यक्ति निश्चित शुल्क लिन सकिन्छ । त्यसले एयरपोर्टमा भिड कम गर्न सहयोग पुग्छ । 
हाम्रो अन्र्तराष्ट्रिय विमानस्थल वा नाकाबाट बाहिर निस्किएपछि ‘नेपालमा तपाईंलाई स्वागत छ’ भन्ने अर्थ दिने बोर्ड समेत राखिएको छैन । नेपाल पर्यटन बोर्डले स्थायी रूपमै त्यहाँ ‘वेलकम टु नेपाल’ भनेर एउटा मूर्ति वा बोर्ड नै राख्नु आवश्यक छ । त्यसले सुरुमै पर्यटकमा सकारात्मक प्रभाव पार्छ । विमानस्थलबाट निस्कने बित्तिकै वा सीमा नाकाबाट भित्रने बित्तिकै सडकको दायाँ–बायाँ देखिने फोहरका डङ्गुर तत्काल हटाउनुपर्छ । त्यहाँ त सुन्दर बगैंँचाहरु निर्माण गर्न सकिन्छ,जसले पर्यटकमा सकारात्मक छाप परोस । त्यसका लागी सरकारले निजी क्षेत्रलाई पनि आह्वान गर्न सक्छ । यदि सरकारले आह्वान गर्छ भने व्यक्तिगत रुपमा मैले सञ्चालन गरिरहेको कम्पनीले नै बँगैचा निर्माण गर्न सक्छ । म जस्तै अन्य व्यवसायिहरु पनि त्यसका लागी तयार छन ।

विमानस्थल वा नाकाबाट बाहिर निस्किएपछि ट्याक्सीमा उस्तै अप्ठेरो । विदेशीले भेट्ने पहिलो मानिस ट्याक्सीचालक हो । पाहुनासँग कस्तो व्यवहार गर्ने भन्ने बारेमा टयाक्सी चालकलाई विशेष तालिम आवश्यक छ । उनीहरूको ड्रेस तोकिदिनुपर्छ । हार्दिक हस्पिटालिटी चालकबाटै सुरु गर्नुपर्छ ।

 यि र यस्ता कतिपय सामान्य पहल वाट पनि परिवर्तन गर्न सकिने विषयमा यहाँवटा केहि काम पक्कै हुनेछ भन्ने विश्वास लिएको छु ।

(युवा पर्यटन व्यवसायि सिम्खडा प्रकाशोन्मुख पुस्तक “हिँडे पुगिन्छ” का लेखक पनि हुन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।