logo

त्रिभुवन विमानस्थल सुधार सम्बन्धि पर्यटन मन्त्रीलाई पत्र

राजन सिम्खडा

    4044   पटक पढिएको

पर्यटन मन्त्री श्री रविन्द्र अधिकारी ज्यु,
नमस्कार

सबैभन्दा पहिले त तपाईजस्तो केहि गरौं भन्ने युवा संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । तर विगत दुई दशक देखि यो देशको पर्यटन व्यवसायमा सक्रिय व्यवसायिको नाताले तपाईंलाई बधाईका शब्द मात्र दिनुभन्दा पनि तपाईं सफल बन्न के गर्नुपर्छ भन्ने विषयमा केहि सुझावहरु पनि संगै राख्न चाहन्छु । जव कुनै विदेशी पर्यटक नेपाल भित्रन्छ,उसले सुरुमा देख्ने भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो,जुन विभिन्न कारण वाट प्राय समस्याग्रस्त हुने गरेको छ । त्यसैले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार सम्बन्धि केहि सुझावहरु राख्न चाहन्छु ।

मन्दिरमा सबैभन्दा पहिला टल्कने गजुर हो तर त्यो एकैचोटि बन्दैन । गजुर मन्दिरको छानोमा हुन्छ । छानोलाई गारोले अड्याउँछ, गारोलाई जगले । सुरुमा जग बन्नुपर्छ । त्यसपछि गारो, झ्याल, ढोका, टँुडाल, तोरण, छाना बनाइन्छ र अन्त्यमा गजुर जडिन्छ । ठीक त्यसैगरी पर्यटन उद्योगको गजुर भनेको पर्यटकीय गन्तव्य हो । त्यसको जग अर्थात प्रारम्भिक विन्दुचाहिं विमानस्थल । पर्यटकलाई सबैभन्दा पहिले स्वागत गर्ने विमानस्थल र सीमा नाकाहरु हुन् । 

दुःखको कुरा, हाम्रो त्यही जग नै कमजोर छ । हामीसँग जम्मा एउटा अन्तर्राष्ट्रिय विमानस्थल छ, त्यो पनि साह्रै गएगुज्रेको । साँच्चै भन्दा हाम्रो पर्यटन क्षेत्रको दशा नै विमानस्थलको दुर्दशाबाट सुरु हुन्छ । नेपाल कति सुन्दर होला भन्ने कल्पना गर्दै उत्साहसाथ आउने पर्यटकलाई विमानस्थल  ओर्लनासाथ ‘पहिलो गाँसमै ढुङ्गा’ लाग्छ । अब हामीले सेवा सुधारको प्रारम्भ पर्यटकहरूप्रति विमानस्थलमा गरिने व्यवहार र सेवास्तर परिवर्तनबाट गर्नुपर्छ ।

विदेशका विमानस्थलमा अध्यागमनको काम फटाफट हुन्छ । पर्यटकलाई हार्दिकतापूर्वक स्वागत गरिन्छ तर हाम्रो विमानस्थलमा कहिल्यै हार्दिक र चुस्त स्वागत हुँदैन । 

अध्यागमनका कर्मचारीको मनोवृत्तिमा तत्काल परिवर्तन गराइ सेवाग्राहीमुखी बनाइनुपर्छ । हाम्रो विमानस्थलमा अध्यागमनपछि ब्यागेज कलेक्सन गर्नु अर्को झन्झटको काम हो, एकदमै ढिलो । पर्यटक दिक्क मानिरहेका हुन्छन् । कतै धारा बिग्रेको, कतै फोहरैफोहर । स–साना लाग्ने यस्ता कुराले पर्यटक भडकाउँछ । त्यसैले यस्ता कुरामा तत्काल सुधार आवश्यक छ । जगै नहाली गजुर कसरी ठडिन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बारम्बार समस्या आईरहन्छ । बारम्बार भईरहने यस्ता दुर्घटनाले विश्वभर नकारात्मक सन्देश प्रवाहित भईरहेको छ । सन २०२० सम्ममा तपाईंले १५ लाख पर्यटन भित्र्याउने लक्ष्य राखिरहँदा यस्तो बिमानस्थलको यो अवस्था पटक्कै सुहाँउँदैन । त्यसैले अहिले विमानस्थलमा भईरहेका सम्पूर्ण कामहरुको तपाईंले नियमित रुपमा अनुगमन गर्न जरुरी छ ।

हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको अर्को मुख्य समस्या ट्राफिकिङको हो । त्यसलाई राज्यले चाह्यो भने व्यवस्थि तगर्न कुनै अप्ठ्यारो छैन । हाल आयल निगमको डिपो भएको स्थानमा वा उपयुक्त स्थानमा अर्को रनवे तत्काल निर्माण अगाडी बढाउन जरुरी छ । त्यसका लागी जहाज पार्किङ स्थल र भन्सारलाई तीनकुनेको खुल्ला स्थान वा अन्यत्र सार्न सकिन्छ । यसमा अध्ययन गरे अझ उपयुक्त स्थान पनि फेला पार्न सकिन्छ । राज्यले चाह्यो भने पूर्वाधार निर्माण सम्भव छ । सन २०३० सम्म ५० लाख पर्यटक भित्र्याउने हो भने पूर्वाधार निर्माण गर्नैपर्छ,पूर्वाधारको निर्माण विना पर्यटन क्षेत्रको विकास सम्भवै छैन ।

तपाईं मन्त्री भएपछि विमानस्थल २१ घण्टा सञ्चालन गर्ने योजना ल्याउनुभएको छ । त्यो स्वागत योग्य छ । सरकारले चाह्यो भने हरेक एयरलाईन्सहरुको ल्यान्ड गर्ने समय उचित ढंगले व्यवस्थापन गरेर तोक्न सकिन्छ,त्यसले गर्दा ट्राफिकिङको समस्या अन्त्य भएर लखनउ वा बंगलादेश डाईभर्ट गर्नुपर्दैन ।   

हाम्रो विमानस्थलभित्रै पर्यटक लिन जाने चलन छ । त्यसले पनि भिडभाड बढाएको छ । एक जना मानिस लिन वा पु¥याउन धेरै जना जाने चलन छ । यसलाई कम गर्न प्रतिव्यक्ति निश्चित शुल्क लिन सकिन्छ । त्यसले एयरपोर्टमा भिड कम गर्न सहयोग पुग्छ । 
हाम्रो अन्र्तराष्ट्रिय विमानस्थल वा नाकाबाट बाहिर निस्किएपछि ‘नेपालमा तपाईंलाई स्वागत छ’ भन्ने अर्थ दिने बोर्ड समेत राखिएको छैन । नेपाल पर्यटन बोर्डले स्थायी रूपमै त्यहाँ ‘वेलकम टु नेपाल’ भनेर एउटा मूर्ति वा बोर्ड नै राख्नु आवश्यक छ । त्यसले सुरुमै पर्यटकमा सकारात्मक प्रभाव पार्छ । विमानस्थलबाट निस्कने बित्तिकै वा सीमा नाकाबाट भित्रने बित्तिकै सडकको दायाँ–बायाँ देखिने फोहरका डङ्गुर तत्काल हटाउनुपर्छ । त्यहाँ त सुन्दर बगैंँचाहरु निर्माण गर्न सकिन्छ,जसले पर्यटकमा सकारात्मक छाप परोस । त्यसका लागी सरकारले निजी क्षेत्रलाई पनि आह्वान गर्न सक्छ । यदि सरकारले आह्वान गर्छ भने व्यक्तिगत रुपमा मैले सञ्चालन गरिरहेको कम्पनीले नै बँगैचा निर्माण गर्न सक्छ । म जस्तै अन्य व्यवसायिहरु पनि त्यसका लागी तयार छन ।

विमानस्थल वा नाकाबाट बाहिर निस्किएपछि ट्याक्सीमा उस्तै अप्ठेरो । विदेशीले भेट्ने पहिलो मानिस ट्याक्सीचालक हो । पाहुनासँग कस्तो व्यवहार गर्ने भन्ने बारेमा टयाक्सी चालकलाई विशेष तालिम आवश्यक छ । उनीहरूको ड्रेस तोकिदिनुपर्छ । हार्दिक हस्पिटालिटी चालकबाटै सुरु गर्नुपर्छ ।

 यि र यस्ता कतिपय सामान्य पहल वाट पनि परिवर्तन गर्न सकिने विषयमा यहाँवटा केहि काम पक्कै हुनेछ भन्ने विश्वास लिएको छु ।

(युवा पर्यटन व्यवसायि सिम्खडा प्रकाशोन्मुख पुस्तक “हिँडे पुगिन्छ” का लेखक पनि हुन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।