logo

भैरवकुण्ड हाईड्रोपावरका कारण श्री लालिगुराँस सहकारी कालोसूचिमा पर्ने

    5137   पटक पढिएको

२ माघ / अर्थ र व्यापार- गायक रामकृष्ण ढकालले श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थावाट ऋण लिएको र ढकालले ऋण तिर्न नसकेपछि सहकारीले उनको घर नै लिलाम गरेको घटनाले केहि अगाडी वजार तताएको थियो ।

ढकालको घर लिलाम गरेको श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भने अहिले आफैं समस्या परेको छ । यसको कारण हो– भैरवकुण्ड हाइड्रोपावर । भैरवकुण्ड हाइड्रोपावरले बैंकबाट लिएको ऋण नतिरेपछि लालिगुराँस सहकारी समेत समस्यामा परेको हो ।

भैरवकुण्डमा सानिमा बैंकको नेतृत्वमा बैंक अफ काठमाण्डू, एनएमबि, एनआईसी एशिया, ग्लोबल आइएमई बैंक र मञ्जुश्री फाइनान्सले कर्जा दिएका थिए । आयोजनाले ऋण नतिरेपछि बैंकले ऋण तिर्न आउनको लागि ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ । भैरवकुण्डको लागि जारी भएको सूचना दोस्रो पटक हो । भैरवकुण्ड हाइड्रोपावरमा २३ जना व्यक्तिगत जमानतकर्ताहरु थिए । ६ वटा संस्थागत जमानतकर्ता थिए,त्यसमध्ये ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको लालिगुराँस बहुउद्देश्य सहकारी संस्था लिमिटेड पनि संस्थागत रुपमा जमानतकर्ता बसेको छ ।

ऋण तिर्न नआएमा बैंकले धितो लिलामीको प्रक्रिया अगाडि बढाउने छ । ऋणीले ऋण नतिरेको खण्डमा कर्जा सूचना केन्द्रले ऋणीसँगै जमानतकर्ता बसेका व्यक्ति तथा संस्थालाई पनि कालोसूचिमा राख्छ । सोहि कारण लालिगुराँस सहकारी पनि कालोसूचीमा पर्ने भएको हो ।

श्री लालिगुराँस सहकारीले भैरवकुण्ड हाइड्रोपावरमा पनि लगानी गरेको छ । सेयरको रुपमा सहकारीले भैरवकुण्डमा लगानी गरेको हो । यदि हाइड्रोपावरले ऋण नतिरेमा लालिगुराँस सहकारी पनि कर्जा सूचना केन्द्रको कालोसूचिमा पर्छ । २ दशक पुरानो लालिगुराँस देशकै ठूलो सहकारीमा पर्छ । २०७५÷७६ को रिपोर्ट अनुसार श्री लालिगुराँस सहकारीमा ५ अर्ब ३५ करोड निक्षेप रहेको छ । ४ अर्ब १८ करोड रुपैयाँ कर्जा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।