logo

स्लो रफ्तारमा फास्ट ट्रयाक निर्माण आयोजना, ३ बर्षमा भौतिक प्रगती ११ प्रतिशत मात्रै   

    1993   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार– चार वर्षभित्र निर्माण सक्नुपर्ने काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको ३ बर्ष बितिसक्दा भौतिक प्रगती ११.११ प्रतिशत मात्रै रहेको छ । 

नेपाली सेनाले आगामी भदौसम्म सम्पन्न गर्ने लक्ष्यका साथ आर्थिक वर्ष २०७३/०७४ काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनाको निर्माण सुरु गरेको थियो। 

लक्ष्यअनुसार निर्माण कार्य अगाडी बढेको भए अहिले दूृई तिहाइभन्दा बढी भौतिक प्रगती हाशिल गर्न सकिन्थ्यो। 

यसैबिच काठमाडौं-तराई-मधेश द्रुतमार्ग आयोजना सम्पन्न गर्नका लागि ३ बर्षको समयअवधि थप गरेको छ। नयाँ लक्ष्य अनुसार आर्थिक वर्ष २०८०/०८१ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । 

सेनाले संसदको विकास तथा प्रविधि समितिमा बुझाएको प्रतिवेदन अनुसार आयोजनामा अहिलेसम्म कुल गर्नुपर्ने खर्च मध्ये ९.५२ प्रतिशत मात्रै खर्च भएको उल्लेख छ । 

प्रतिवेदन अनुसार जग्गा अधिग्रहण, रुख काटन, सर्भे तथा डिजाइन, सडक निर्माण, अन्तर्राष्ट्रिय सुरुङमार्ग निर्माण, पुल निर्माण र एक्सप्रेस-वे निर्माण लगायतका कुनै पनि काममको भौतिक प्रगति शत प्रतिशत छैन ।

७२ किलोमिटरको द्रुतमार्गमा १०.५९ प्रतिशत खण्डमा सुरुङमार्ग र ६.४१ प्रतिशत खण्डमा पुल निर्माण गर्नुपर्छ।

आयोजनाले द्रुतमार्गलाई विभिन्न ११ भागमा विभाजन गरेर काम गरिरहेको छ । आयोजनाले सुरुङमार्ग, पुल, एक्सप्रेस-वेको निर्माण र सडकमा पहिरो झर्न रोक्ने गरी संरचना निर्माणको काम एकैपटक अघि बढाउने योजना बनाएको छ ।

यो वर्ष ८ अर्ब ९३ करोड बजेट पाएको आयोजनाले यो बर्ष सुरुङमार्ग निर्माणको काम थाल्ने, ८०७ रोपनी जग्गा अधिग्रहण गरिसक्ने लगायतका लक्ष्य निर्धारण गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।