logo

भृकुटिमण्डपमा भोलिदेखि ३ दिन खाद्य मेला आयोजना हुने

    1523   पटक पढिएको

९ फागुन /अर्थ र व्यापार - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा खाद्य मेला आयोजना हुने भएको छ । ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गरी असल पोषणका लागि खाने बानीमा सुधार गरौँ’ भन्ने नाराका साथ फागुन १०, ११ र १२ गते भृकुटिमण्डप बगैँचामा मेला आयोजना गर्न लागिएको हो ।

विभागले विज्ञप्ती जारी गर्दै खानेबानी सुधारका लागि हिमाल, पहाड र तराईका विभिन्न स्थानमा पाइने र प्रचलनमा रहेका पोषिला खाद्य वस्तु र परिकारहरुको प्रचार प्रसार गर्ने उद्देश्य राखिएको जनाएको छ । खाद्य प्रविधि तथा पोषणको क्षेत्रमा अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारहरुको प्रवर्द्धन गर्ने, स्वेदेशी खाद्य उद्यम तथा व्यवसायीहरुद्धारा उत्पादित खाद्य वस्तुको प्रवर्द्धन गर्ने, वैज्ञानिक तथा नवीनतम खाद्य प्रविधि तथा खाद्य पोषण सम्वन्धी सूचना आदान प्रदान, कृषक खाद्य उद्यमी व्यवसायी एवम नियामक निकायका र उपभोक्ताहरुवीचमा सम्वन्ध स्थापना गर्ने उद्देश्य राखिएको छ ।

मेलामा नेवारी, थारु, तामाङलगायतका विभिन्न जातजातिका परम्परागत तथा स्थानीय उत्पादनमा आधारित परिकारसहितका १५ स्टल रहनेछन् । विभिन्न शिक्षण संस्था पोषण तथा मधुमेह सम्बन्धि पेशागत संस्थालगायत परामर्शदाता, मेशिनरी औजार र खाद्य योगशिल सम्बन्धी विभिन्न संघ संस्थाका जानकारीमूलक २२ स्टल रहनेछन् । अचार र अल्पप्रचलनमा रहेका खाद्यान्न, बेकरी, चिप्स, भुजिया जस्ता विभिन्न उद्योगहरुबाट उत्पादित खाद्य वस्तु बिक्री गर्ने गरी ३८ स्टलसहित कुल ७५ स्टल रहनेछन् ।

मेलामा सहभामगीमध्ये खाद्य उद्योग सम्बन्धी, प्रदर्शनी तथा खाद्य परिकार समूह गरी तीन विधामा प्रथम, द्धितीय र तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ । मेला अवधिभर विभिन्न जाति, जनजाति, परम्परागत संस्कृति झल्काउने झाँकी तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि हुनेछ । विभागले वर्षेनी खाद्य मेला आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।