logo

भृकुटिमण्डपमा भोलिदेखि ३ दिन खाद्य मेला आयोजना हुने

    1211   पटक पढिएको

९ फागुन /अर्थ र व्यापार - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा खाद्य मेला आयोजना हुने भएको छ । ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गरी असल पोषणका लागि खाने बानीमा सुधार गरौँ’ भन्ने नाराका साथ फागुन १०, ११ र १२ गते भृकुटिमण्डप बगैँचामा मेला आयोजना गर्न लागिएको हो ।

विभागले विज्ञप्ती जारी गर्दै खानेबानी सुधारका लागि हिमाल, पहाड र तराईका विभिन्न स्थानमा पाइने र प्रचलनमा रहेका पोषिला खाद्य वस्तु र परिकारहरुको प्रचार प्रसार गर्ने उद्देश्य राखिएको जनाएको छ । खाद्य प्रविधि तथा पोषणको क्षेत्रमा अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारहरुको प्रवर्द्धन गर्ने, स्वेदेशी खाद्य उद्यम तथा व्यवसायीहरुद्धारा उत्पादित खाद्य वस्तुको प्रवर्द्धन गर्ने, वैज्ञानिक तथा नवीनतम खाद्य प्रविधि तथा खाद्य पोषण सम्वन्धी सूचना आदान प्रदान, कृषक खाद्य उद्यमी व्यवसायी एवम नियामक निकायका र उपभोक्ताहरुवीचमा सम्वन्ध स्थापना गर्ने उद्देश्य राखिएको छ ।

मेलामा नेवारी, थारु, तामाङलगायतका विभिन्न जातजातिका परम्परागत तथा स्थानीय उत्पादनमा आधारित परिकारसहितका १५ स्टल रहनेछन् । विभिन्न शिक्षण संस्था पोषण तथा मधुमेह सम्बन्धि पेशागत संस्थालगायत परामर्शदाता, मेशिनरी औजार र खाद्य योगशिल सम्बन्धी विभिन्न संघ संस्थाका जानकारीमूलक २२ स्टल रहनेछन् । अचार र अल्पप्रचलनमा रहेका खाद्यान्न, बेकरी, चिप्स, भुजिया जस्ता विभिन्न उद्योगहरुबाट उत्पादित खाद्य वस्तु बिक्री गर्ने गरी ३८ स्टलसहित कुल ७५ स्टल रहनेछन् ।

मेलामा सहभामगीमध्ये खाद्य उद्योग सम्बन्धी, प्रदर्शनी तथा खाद्य परिकार समूह गरी तीन विधामा प्रथम, द्धितीय र तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको विज्ञप्तीमा उल्लेख छ । मेला अवधिभर विभिन्न जाति, जनजाति, परम्परागत संस्कृति झल्काउने झाँकी तथा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि हुनेछ । विभागले वर्षेनी खाद्य मेला आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।