१३ असार / अर्थ र व्यापार – काठमाडौँ महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्यास निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रुपमा रहेको बायोग्यास उत्पादन विधिवत् रुपमा सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ ।
एकीकृत दिगो फोहरमैला व्यवस्थापन परियोजना सञ्चालनका लागि कामपाको २० प्रतिशत र युरोपेली सङ्घको ८० प्रतिशत गरी एक करोड ८२ लाख लगानी गरिएको छ । यसका लागि तीन मेट्रिक टन जैविक पदार्थबाट दैनिक ३०० किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन हुनेछ ।
सो परियोजना २०७० चैत १८ गतेदेखि सुरु गरिएको हो । सो परियोजनाको मुख्य लक्ष्य फोहरको स्रोत घटाउने तथा पुनःचक्रीय विधिबाट फोहरको प्रयोगसँगै फोहर नफाली आयआर्जनका लागि रुपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिनु हो ।
तपाईको प्रतिक्रिया