logo

ज्योति लाइफ इन्स्योरेन्सद्वारा चालु आर्थिक वर्षमा ३० करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन 

    1277   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार - ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद बीमा शुल्क अघिल्लो आवको सोही अवधिमा २ करोड ९२ लाख रहेकोमा ९५७ प्रतिशत वृद्धी गर्दै ३० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । वित्तीय विवरण अनुसार व्यवसाय विस्तारमा उल्लेख्य सफलता हासिल गरेको देखिन्छ ।

कम्पनीले प्रकाशन गरेको विवरण अनुसार अन्य वित्तीय सूचकाङ्कहरु अध्ययन गर्दा दोश्रो त्रैमासमा कम्पनीले अल्पकालीन लगानीको सट्टा दिर्घकालीन लगानीलाइ जोड दिएको कारणले दिर्घकालीन लगानीमा ८५ प्रतिशत वृद्धी भएको तथा अल्पकालीन लगानीमा कमी आएको देखिन्छ । दिर्घकालीन लगानीमा जोड दिनुलाइ पनि दूरदर्शी रणनीतिको रुपमा लिन सकिन्छ । अघिल्लो आवको सोही अवधिमा तुलनामा चालु आवको दोश्रो त्रैमासको अन्त्य सम्ममा कम्पनीको जगेडा कोष ९१ प्रतिशतले वृद्धी भएर १७ करोड १८ लाख रूपैयाँ पुगेको छ । गत आवको पुसमा ८ करोड ९९ लाख रहेको थियो ।
गत आवको दोश्रो त्रैमासमा जीवन बीमा कोषमा शुन्य रकम रहेकोमा यस त्रैमासमा ३२ करोड ८९ लाख रुपैयाँ रहेकोले कम्पनीको जीबन बीमा कोष मजबुत बन्दै गएको छ । कम्पनीको व्यवस्थापन खर्चमा भएको वृद्धीको कारणले खुद मुनाफामा भने गिरावट आएको छ । चालू आवको दास्रो त्रैमासमा ६ करोड ४४ रुपैयाँ मुनाफा आर्जन गरेका छ । गत वर्ष पुस मसान्तमा कम्पनीले ८ करोड २ लाख खुद नाफा आर्जन गरेको थियो। कम्पनीको अभिकर्ता कमिशनमा पनि ठूलै रकम ६ करोड ७५ लाख खर्च भएको छ । एक अर्ब ५४ करोड चुक्त्ता पूँजी रहेको प्रतिशेयर आम्दानी ८ रूपैरयाँ ३७ पैसा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ३ वटा दाबी वापत १९ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । अन्य दाबी भुक्तानी गर्न बाँकी छैन । कम्पनीले छोटो अवधिमा देशैभरि ९६ वटा शाखा सञ्जाल विस्तार गरि सेवा विस्तारको लागि बलियो आधार स्तम्भ तयार गर्न कम्पनी सफल भएको छ भने नेपालको जीबन बीमा क्षेत्रमा आकर्षक तथा प्रतिस्पर्धी योजनाहरु जारी गरी बीमितहरुलाइ अझ बढी सेवा सुविधा प्रदान गर्ने लक्ष्य कम्पनीको रहेको छ । समग्र सुचकाङ्कहरुको विश्लेषण गर्दा कम्पनीले आगामि दिनमा अझ बढी प्रगति गर्न सफल भइ जीबन बीमा क्षेत्रमा एक स्थापित कम्पनीको रुपमा आफुलाइ उभ्याउने तर्फ अग्रसर हुने विश्लेषण गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।