logo

अकूत सम्पत्ति कमाएको अभियोगमा १५० जना माथि अख्तियारको छानबिन, कहिले आउला परिणाम ?

    1461   पटक पढिएको

२३ कात्तिक / अर्थ र व्यापार - भ्रष्टाचार र अनियमितता हेर्ने जिम्मा पाएको अख्तियार दुरुपयोग अनुसनधान आयोगले १५० जनाको अकूत सम्पत्ति कमाएको अभियोगमा आन्तरिक छानबिन गरिरहेको भएपनि हालसम्म कुनै मुद्दा दर्ता गर्न सकेको छैन ।

अख्तियारले छानबिनको क्रममा रहेको भन्दै ती १५० जना व्यक्ति को हुन् भन्ने बारेमा समेत कुनै जानकारी दिएको छैन । छानबिनमा रहेका व्यक्तिको विषयमा जानकारी दिन नमिल्ने र त्यसले अनुसन्धानमा प्रभाव पर्ने भन्दै अख्तियारका आधिकारिक व्यक्ति कोही पनि बोल्न तयार छैनन् ।

विशेष गरी नापी विभाग, मातपोत कार्यालय, वैदेशिक रोजगार विभाग तथा बोर्ड, यातायात व्यवस्था कार्यालय तथा कर प्रशासनमा रहेका व्यक्तिको बारेमा अख्तियारले सुक्ष्म तवरले छानबिन गरिरहेको छ ।

अख्तियार स्रोतका अनुसार कतिपय विषयमा थप तथ्य र प्रमाण पनि जुटाउनुपर्ने भएकाले उनीहरु को–को हुन् भन्ने बारेमा तत्काल नै केही बोल्न मिल्दैन । तर छानबनिमा रहेको भनिएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनेतर्फ पनि हालसम्म कुनै प्रयास भएको छैन । नायब सुब्बा र खरिदरालाई रंगेहातको नाममा मात्रै पक्राउ गरेर भ्रष्टाचारको मात्रा नघट्ने भन्दै चोतर्फी रुपमा अख्तियारको ध्यानकर्षण गराइदै आएको छ ।

त्यस्तै बालुवाटारको ललिता निवास प्रकरणमा जोडिएकाहरुको समेत अख्तियार र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले छानबिन गरिरहेको छ । पटक–पटक उक्त छानबिन समितिको म्याद पनि थप हुुँदै आएको छ । पद र प्रतिष्ठामा रहँदा कुनै प्रमाण नै नछाडिकन भएका भ्रष्टाचारमा छानबिनका लागि लामो समय लाग्नू स्वभाविक भएको अख्तियार स्रोत बताउँछ ।

अकुत सम्पत्तिको अनुसन्धानमा स्वयं व्यक्तिले नै आफ्नो सम्पत्तिको वैध स्रोत देखाउनुपर्ने बाध्यता भएकाले कारबाही गर्न कुनै समस्या त पर्दैन । तर अख्तियारले जुन स्तरको तदारुकता देखाओस् भन्ने अपेक्षा आमरुपमा प्रकट भएको छ, त्यसलाई पूरा गर्ने दायित्व अख्तियारकै हो ।

पद र प्रतिष्ठानमा रहेका व्यक्तिले गरेको भ्रष्टाचार प्रत्यक्ष रुपमा थाहा हुन नसकेपनि उनीहरुको जीवनशैली तथा उनका परिवारले देखाउने कार्यशैलीका आधारमा पत्ता लगाउन सकिने सजिलो उपाय रहेको छ ।

अख्तियारले पछिल्ला ३ वर्षमा जम्मा २२ वटा अकुत सम्पत्तिका मुद्दा अदालतमा दर्ता गरेको जनाएको छ । गत वर्ष उसले मात्रै ४ वटा मात्र अकुत सम्पत्तिको मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।

अख्तियारले गत आर्थिक वर्षमा ६६ जनाको अकूत सम्पत्तिको मुद्दामा छानबिन गरेको सार्वजनिक रुपमा नै जनाएको थियो । तर त्यसमध्ये ४ जनालाई मात्रै मुद्दा दर्ता गरेर ६२ जनालाई सफाइ दिएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।